चर्च जाँदै गरेका युक्रेनीमाथि रुसी हमला, ७ को मृत्यु, १२९ जना घाइते

हिमालय टाइम्स
Read Time = 2 mins

किभ । रुसी सेनाले युक्रेनको ऐतिहासिक सहर चेर्निहाइभमा मिसाइल हमला गरेको छ ।

युक्रेनको आन्तरिक मन्त्रालयले रुसी मिसाइलले भीडभाड भएको चोकमा प्रहार गर्दा ६ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको र १२९ जना घाइते भएको जनाएको छ ।

हवाई आक्रमण हुँदा मानिसहरु धार्मिक बिदा मनाउन चर्च जाँदै गरेको मन्त्रालयले जनाएको छ । आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी आक्रमणमा घाइते हुनेमा १५ बालबालिका र १५ प्रहरी अधिकारी रहेको सामाजिक सञ्जाल पोस्ट गर्दै बताएका छन् ।

स्वीडेनको आधिकारिक भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टेलिग्राममा एउटा पोस्टमा रुसले चर्च जानेहरू माथि मिसाइल आक्रमण गरेको र चेर्निहाइभको सहरको केन्द्रमा आक्रमण गरेको बताए। मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन् । उनले भने कि, ‘यो रूसको राक्षसी प्रवृत्तिको अर्को दुखद दृश्य हो।’

जेलेन्स्कीले पोस्टमा आक्रमणपछिको भिडियो पनि सेयर गरेका छन्। जसमा ड्रामा थिएटर अगाडिको चोकमा भग्नावशेष छरिएको देखाइएको छ । आक्रमणबाट त्यहाँ पार्किङ गरिएका गाडीमा ठूलो क्षति पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?