संसद् खुलाउन राष्ट्रिय दलको बैठक बस्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रिय दलको बैठक आज पनि बस्ने भएको छ ।

सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सर्वदलीय बैठक बोलाउनुभएको थियो । तर सरकार उच्चस्तरीय छानबीन समिति गठन गर्न तयार नभएकाले सोमबार पुनः बस्ने गरी बैठक टुंगिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहनुभएकाले बैठकमा ठोस निर्णय नभएकाले आज बैठक पुनः बोलाइएको बताइएको छ । आइतबारको बैठकमा एमालेको तर्फबाट उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्बाङ र प्रमुख सचेतक पदम गिरी सहभागी हुनुहुन्थ्यो ।

६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै विपक्षी एमालेले साउन १० देखि अवरुद्ध लगातार संसद् अवरोध गर्दै आएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?