✍️ डा. माधव अधिकारी
कुनै पनि विषयमा गहिरो ज्ञान प्राप्त गर्ने वा गराउने पक्रिया शिक्षा हो । यो एउटा व्यक्तिभित्र रहेको प्रतिभा वा सीपलाई बाहिर ल्याउने साधन हो । शिक्षा एउटा नियमित कार्य विधि हो । यो जीवन पर्यन्त चलिरहने प्रक्रिया हो । जीवन पद्धति सरल बनाउँदै आफ्नो क्षमता वा प्रतिभालाई पहिचान गराउँदै आफैंमा बच्न सिकाउने मार्ग हो । यो व्यक्तिको तेस्रो आँखा हो । व्यक्तित्व विकासको मेरुदण्ड नै हो ।
समष्टिमा शिक्षा एउटा व्यक्तिको जीवनमा सबै भन्दा महत्वपूर्ण आवश्यक तत्व हो । यसमा योग्य शिक्षक एवं गुरुको भूमिका महत्वपूर्ण हुन्छ । विशेषगरी यस लेखमा गुरुपूर्णिमा/व्यासजयन्ती पर्व नैतिक शिक्षा र गुरुको महत्व बारे संक्षेपमा चर्चा गर्न सान्दर्भिक होला ।
यसै सिलसिलामा २०८० असार १८ गते गुरुपूर्णिमा/व्यासजयन्तीका रूपमा विभिन्न कार्यक्रमसाथ मनाइयो । आफूलाई शिक्षा दिने अग्रजहरूको सम्झना गरी सबैले यस दिन गुरुपूर्णिमा पर्वको रूपमा मनाउने गरेको पाइन्छ । गुरुपूर्णिमामा गुरु व्यासको पनि जन्मदिन पर्दछ । गुरु व्यास महाभारतका रचयिता एवं एक जीवन्त पात्र पनि हुन् । यसै दिन उनको जन्म जयन्ती पनि मनाइन्छ । गुरु, कवि भानुभक्त, व्यास सबै शिक्षाका ज्योति एवं ज्ञानका पथप्रदर्शक हुन् । शिक्षा क्षेत्रमा यी महान् व्यक्तित्वहरूको योगदान धेरै छ । त्यसैले हरेक वर्ष आषाढ गुरु पूर्णिमा एक शैक्षिक तथा ज्ञान पर्वको रूपमा मनाइन्छ ।
नेपाली समाजमा गुरुपूर्णिमाको सांस्कृतिक, सामाजिक महत्व रहँदै आएको छ । सबै गुरुबाट प्राप्त नैतिक ज्ञान, सीपको महत्व धेरै छ । व्यक्ति, समुदाय र राष्ट्रको लागि सीप, व्यावहारिक नैतिक शिक्षामा गुरुको योगदान धेरै हुन्छ । आधुनिक शिक्षण सिकाइ प्रक्रियामा धेरै प्रारूप र प्रविधिबाट सिकाउने गुरुको तुलना अरूसँग हुन सक्दैन । गुरुको तुलना डुंगा चलाउने व्यक्तिको रूपमा पनि लिन सकिन्छ । डुंगाबाट धेरै मानिसहरू तारिन्छ । तारेका मानिसहरू माथिमाथि पुगी महान् बन्छन् तर डुंगा तार्ने मान्छे डुंगामा तारेका तारै हुन्छन् । पहिलेको जस्तो गुरुचेला विचको सम्बन्धमा अहिले अवरोध आएको छ ।
शिक्षकबाट केही सिकेर आफूलाई सुधार गर्नुपर्छ भन्ने भावना आजभोलिका युवा विद्यार्थीमा पनि छैन । शिक्षक विद्यार्थीको सम्बन्ध राम्रो नभएर र शिक्षामा राजनीतीकरण भएर शिक्षाको गुणस्तर खस्किँदै गएको छ । जसको प्रभाव स्वरूप सुशासनमा खडेरी परी देशकै अवस्था लथालिंग छ ।
शिक्षाको व्यापारीकरणसँगै शिक्षक तथा गुरुहरू अर्थोपार्जनका लागि दौडधुपमा व्यस्त छन् । गुरुचेलाको सम्बन्ध पनि पहिलेको जस्तो छैन । विभिन्न कारणले स्वार्थको सम्बन्ध हुन गयो । शिक्षक विद्यार्थी सम्बन्ध चिसिँदै गई नैतिक शिक्षाको कमी भयो । यो हुनु दुर्भाग्य हो । सोको कारण विद्यालयमा साना बालबालिका गृहकार्य नगरेको निहुँमा विभिन्न यातना, यौन दुव्र्यवहारका घटनाबाहिर आउने क्रम तिव्र भएको छ । समाजमा गुरुवर्गबाटै यस्तो हुनु दुर्भाग्य हो । यस क्षेत्रमा विकृति, विसंगति र बदमासीका केही अंशका हिस्सेदार हाम्रा आदणीय शिक्षकहरू मुछिनु दुर्भाग्य हो ।
उता शिक्षकबाट केही सिकेर आफूलाई सुधार गर्नुपर्छ भन्ने भावना आजभोलिका युवा विद्यार्थीमा पनि छैन । शिक्षक विद्यार्थीको सम्बन्ध राम्रो नभएर र शिक्षामा राजनीतीकरण भएर शिक्षाको गुणस्तर खस्किँदै गएको छ । जसको प्रभाव स्वरूप सुशासनमा खडेरी परी देशकै अवस्था लथालिङ्ग छ । वास्तवमा समयानुकुल नैतिक एवं गुणस्तरीय शिक्षा दिने गुरुवर्ग एवं शिक्षकको खडेरी परेको छ । प्रत्येक बालकको पहिलो गुरु आमा÷बुबा, दिदीबहिनी, दाजुभाइ आदि हुन् । धेरै स्नेह, प्रेम र वात्सल्य वर्षाउने आमालाई पहिलो गुरु हुन भन्नुमा अयुक्ति नहोला । आमाको गुरुत्व धेरै हुन्छ । प्रकृति पनि ज्ञान आर्जन गर्ने स्थान हो । गौतम बुद्धले प्रकृतिबाटै ज्ञान हाँसिल गरेका थिए ।
साधारण तथा शिक्षालाई दुई भागमा विभाजन गर्न सकिन्छ । साधारणतया शिक्षाका दुई पक्ष हुन्छन्-व्यावहारिक पक्ष र सैद्धान्तिक पक्ष । व्यावहारिक पक्षअन्तर्गत नैतिक शिक्षा पर्दछ । हुन त शिक्षाका दुवै पक्ष उत्तिकै महत्वका हुन्छन् । तर पनि नैतिक वा व्यावहारिक पक्षले व्यक्तिलाई चरित्रवान, कर्मठ, लगनशील, अनुशासित बनाउने हुँदा यसको महत्व अझ बढी देखिन्छ । नैतिक शिक्षा वैज्ञानिकतामा भन्दा भावनामा आधारित शिक्षा हो । यसले चमत्कारितालाई भन्दा भावनालाई जोड दिएको हुन्छ । भौतिक विकासलाई भन्दा आत्मिक विकासलाई ध्यान दिएको हुन्छ ।
बारिही संसारमा क्रमलिनुभन्दा भित्री संसारमा रमाउनुलाई महत्व दिएको हुन्छ । एक आपसमा सुमधुर सम्बन्ध प्रतिस्थापित गरी सम्पूर्ण समाज देश एवं विश्वमै भाइचाराको सम्बन्ध स्थापित गराउने कला सिकाइरहेको हुन्छ । यस शिक्षाले कुनै प्रमाणको आधार खोज्दैन बरू आफैं प्रमाणित भएको हुन्छ । नैतिक शिक्षाले निहित स्वार्थ अन्त्य गरी भ्रष्टाचार न्यूनीकरणमा मद्दत गर्दछ । यसका लागि योग्य गुरुको महत्वपूर्ण भूमिका हुन्छ ।
वैज्ञानिक चमत्कारलाई नै मुख्य लक्ष वा आधार बनाई दौडिरहेको आजको विश्वमा नैतिक शिक्षाले कम महत्व पाइरहेका बेला नेपालमा पनि यसलाई लगभग बेवास्था गरेको पाइन्छ । जसको कारण सुशासनमा नकारात्मक असर परेको छ । आजभन्दा दुई दशक पहिलेसम्म नैतिक शिक्षालाई बढी जोढ दिएर पाठ्य पुस्तक तयार पारिएको पाइन्थ्यो । त्यस समयका विषय वस्तुहरू प्रायः सबै नैतिकतामा आधारित पाइन्छ । उदाहरणका रूपमा हेर्ने हो भने पनि त्यस समयमा ‘मातृ देवो भवः पितृ देवो भवः आचार्या देवो भवः राष्ट्र देव भवः’ आदि भनेर आफ्ना आमा, बुबा, गुरु र राष्ट्रप्रतिको सम्मान एवं सद्भाव देखाइएको पाइन्छ ।
त्यतिमात्र होइन पानिको मुहान वा नदीकिनारमा दिशा पिसाब वा फोहोर फालेमा पाप लाग्छ, फाल्नु हुँदैन भनेर नदीनाला सफा राख्ने नैतिक कुराहरू सिकाइन्थ्यो । जसले गर्दा एक त वातावरण सफा हुन्थ्यो । त्यस्तो भएमा आजको जस्तो फोहोरमैलाको समस्या तथा सोको प्रभावस्वरूप विभिन्न माहामारीको सामना गर्नुपर्ने थिएन् भने अर्कोतर्फ जन्मभूमि, आमा, बुबा, गुरुप्रतिको सम्मानले समाजमा सद्भाव कायम थियो ।
यस्तो नैतिक शिक्षाका क्रम पछि आएर एउटा मात्र पाठ्यपुस्तकमा सिमित गराइयो तर आजभोलि त्यसलाई पनि छोडेर ऐच्छिक रूपमा राख्न थालिएको छ । जसको परिणाम आज हामी आफ्नै अगाडि स्पष्ट देख्न सक्छौँ । हामी जता जाऔं आपसी झगडा, असहयोग, स्वार्थीपना र भ्रष्टाचार मात्र देख्न सक्छौं । प्रदुषित वातावरण, लागू पदार्थको सेवन, हत्या, आतंक यसैका विकराल परिणाम हुन् भन्न सकिन्छ । यतिमात्र होइन ठूलो महल बनाई बाक्ला बाक्ला बिछ्यौनामा सुत्दा पनि निद्रा नपाउनु र सुखको अनुभव गर्न नसक्नु नैतिक शिक्षाको अभावका परिणाम हुन् भन्दा अनर्थ नठहरिएला ।
मानिसलाई सुख के हो, शान्ति के हो कसरी प्राप्त गर्ने भन्ने विषयमा प्रवेश गराइएन र खाली व्यापारीकरण, सम्पन्नताको पाठ मात्र सिकाइयो । जसको फलस्वरूप मानिस सुख शान्ति र निहित स्वार्थमा मात्र मस्त भए । यहाँ सक्षम गुरुबाट नैतिक शिक्षा नै दिइएन् । माथि नै भनिएको छ कि नैतिक शिक्षा भावनामा आधारित व्यावहारिक शिक्षा हो । यसलाई पाठ्यक्रममा राख्दा पनि अरू पाठ्य पुस्तक जस्तो कण्ठ गराएर वा घोकाएर परीक्षामा ल्याएको अंकलाई आधार बनाइ सफलता र असफताको कडिमा जाँच्न सकिदैन । यो त व्यक्तिले वा विद्यार्थीले कतिको व्यवहारमा लागू गर्न सक्यो यसलाई आधार बनाइनुपर्दछ ।
उदाहरणका लािग के भन्न सकिन्छ भने स्वास्थ्य शिक्षाअन्तर्गत हाम्रा राम्रा वानी वा स्वच्छ रहन आवश्यक पर्ने वानीहरू के के हुन भनेर विद्यार्थीलाई सिकाइन्छ भने ती राम्रा वानी कसरी व्यवहारमा उतार्न लगाउने भन्ने कुरा सिकाइनुपर्दछ । परीक्षामा विद्यार्थीले राम्रा बानीका बारे पूरै कापीमा लेखेर भर्न सक्छन् तर व्यवहारमा उतार्न सक्दैन भने यसको कुनै महत्व हुँदैन । अथवा परीक्षामा लेख्दा नङ टोक्न हुँदैन भनेर लेख्दै छ तर नङ पनि टोक्दैछ भने यसको के महत्व रहृयो र शिक्षकले उसलाई अंक दिँदा त लेखेको आधारमा राम्रै दिनुपर्दछ तर व्यवहारमा ऊ अनुत्तीर्ण भइरहेको हुन्छ । सेवा प्रवाहमा निहित स्वार्थ राख्नु हुँदैन ।
यहाँ नैतिक शिक्षालाई पूरै पाठ्यक्रम बनाई धेरै पाठ्यपुस्तक तयार पार्र्दै अघि बढ्नुपर्दछ भन्न खोजिएको अवश्यै होइन । केवल भएका पाठ्यपुस्तकका कुरालाई पनि नैतिकताका आधारमा वा नैतिकतामा परिवर्तन गरेर पढाउन सकिन्छ भन्ने आशय राख्न खोजिएको हो ।
त्यस्तै कुनै कार्यालयमा गर्ने राष्ट्रसेवकलाई लोकसेवा आयोगले निहित स्वार्थ र भ्रष्टाचार निराकरणको लागि प्रश्न सोधी उत्तर लेख्न लगाउँदा सो राष्ट्रसेवकले प्रश्नको उत्तरमा त निहित स्वार्थ तथा भ्रष्टाचारले कानुनी शासन नभई देश नै बरबाद हुन्छ भनी उत्तरपुस्तिकामा उत्तर लेखेरमात्र हुँदैन उनले व्यवहारमा नै परिवर्तन गरी नैतिकवान हुन आवश्यक छ । यसका लागि पनि सक्षम गुरुको शिक्षा आवश्यक पर्दछ ।
यहाँ नैतिक शिक्षालाई पूरै पाठ्यक्रम बनाई धेरै पाठ्यपुस्तक तयार पार्र्दै अघि बढ्नुपर्दछ भन्न खोजिएको अवश्यै होइन । केवल भएका पाठ्यपुस्तकका कुरालाई पनि नैतिकताका आधारमा वा नैतिकतामा परिवर्तन गरेर पढाउन सकिन्छ भन्ने आशय राख्न खोजिएको हो । उदाहरणका रूपमा हेर्ने हो भने गणित पढाउँदासमेत नैतिक विषयवस्तु पढाउन सकिन्छ । जस्तो कि जोड घटाउ वा भाग सिकाउँदा यही हामी आँप वा सुन्तलाको उदाहरण दिन्छौं भने यति आँप कुहिए अथवा नोकरले चोरेर खायो भन्नुको सट्टा काम गर्ने मानिसलाई भोक बढी लागेकोले ममीले माया गरेर यतिवटा दिनुभयो अथाव घरमा रहेका काम गर्ने मानिससमेत सँगै बसेर यति-यतिवटा भाग लगाएरसँगै खाए भन्ने कुराको उदाहरण दिन सकिन्छ ।
यसले विद्यार्थीको बाल मस्तिष्कमा काम गर्ने मानिस (नोकर)प्रतिको धारणा सकारात्चमक हुन सक्छ । यस्ता उदाहरण सामाजिक शिक्षा, विज्ञान शिक्षा र सँगै बाँडी–चुँडी खानुपर्दो रहेछ भन्ने भावनाको विकास हुन्छ । नेपाली जस्ता पाठ्यपुस्तक पढाउँदा त झनै सजिलोसँग सिकाउँन सकिन्छ । अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकुदमा प्रतिस्पर्धाभन्दा आपसी मेलमिलाप, सहयोग, अनुशासनको कुरा सिकाउनु झनै सरल हुन्छ । कथा कहानीभन्दा पनि नैतिक विषय वस्तुलाई प्रमुख स्थान दिन सकिन्छ । योगा, प्राणायाम, ध्यान जस्ता कुराहरू पनि अतिरिक्त क्रियाकलापमा राख्ने हो भने त झन सुनमा सुगन्ध नै हुन सक्दछ । यसले त विद्यार्थीको नैतिकतामात्रै होइन शारीरिक तन्दुरुस्तता पनि ल्याइ दिन्छ ।
यसरी अन्तमा के भन्न सकिन्छ भने नैतिक शिक्षालाई अन्धविश्वासमा आधारित शिक्षा परम्परावादी शिक्षा, धर्ममा आधारित शिक्षा, वैज्ञानिकता विरोधी शिक्षा आदि भनेर वेवास्ता अथवा हेला गर्नुको सट्टा त्यसमा रहेको यथार्थतालाई बुझेर सके पाठ्यपुस्तक नै तयार पारेर नभए भइरहेका पाठ्यपुस्तकमा समावेश गरेर त्यती पनि नभए नैतिकतालाई आधार बनाई कक्षाहरूमा विश्लेषण गरेर अगाडि बढ्नु आजको आवश्यकता हो । नैतिकताको विषय वस्तु पुरानो वा अव्यावहारिक कहिल्यै हुँदैन । खाली त्यसलाई नयाँपन वा व्यावहारिक कसरी बनाउने भन्ने सोचाइको कमीमात्रै हो । यदि हामीले हाम्रो समाज देश वा विश्वलाई साँच्चै स्वच्छ, शान्त र समृद्ध बनाउन चाहेकै छौं भने यी कुराहरूलाई एकपटक गहिरिएर मनन गर्नु आजको प्रमुख आवश्यकता हो । तबमात्र यसको सार्थकता हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच