सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौति छ : आरजु राणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेस नेतृ डा.आरजु राणा देउवाले सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौति रहेको बताउनुभएको छ ।

आईतवार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई उनीहरुको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ की छैन, साथै जनताको सहजता भएको छ की छैन ? जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरु हुन्छन् । काम गर्ने धेरै ठाउँ छ । सहकारीको अनियमितता धेरै छ । जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडि अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ । म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो ।’

उहाँले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?