आहा रारा गोल्डकपबाट तीन लाख बचत

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पछिल्लो संस्करणमा तीन लाख रुपैयाँ बचत भएको आयोजक सहारा क्लब पोखराले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आहा राराको २२औँ संस्करणको आयव्यय विवरण सार्वजनिक गरेको हो । प्रतियोगिताको आर्थिक संकलन उपसमितिका संयोजक सुनिल गुरुङका अनुसार आहा रारा गोल्डकपमा ९४ लाख ६५ हजार ६२६ रुपैयाँ आम्दानी, ९१ लाख ४६ हजार ९६९ रुपैयाँ खर्च र तीन लाख १८ हजार ६५७ रुपैयाँ बचत भएको छ ।

गत पुस १४ देखि २३ गतेसम्म पोखरा रंगशालामा भएको आहा रारा गोल्डकपमा ६४ लाख ५८ हजार ८६६ रुपैयाँ प्रायोजनबापत रकम संकलन भएको थियो । मुख्य प्रायोजक हिम श्री फुड्स प्रालिले २२ लाख २५ हजार रुपैयाँ सहारालाई उपलब्ध गराएको बताइएको छ ।

पोखरा महानगरपालिकाले १० लाख, राष्ट्रिय खेलकुद परिषद्ले पाँच लाख ५० हजार, गण्डकी प्रदेश खेलकुद परिषद्, बार्दली मिडियाबाट समान पाँच लाख, सहारा क्लब हङकङ, गोर्खा बु्रअरीबाट समान तीन लाख, हिमांशु एजुकेशन कन्सल्टेन्सीबाट दुई लाख, चरक मेमोरियल हस्पिटलबाट एक लाख ५० रुपैयाँ प्राप्त भएको क्लबले जनाएको छ ।

त्यस्तै, मुलबेरी इन्स्टिच्युट अफ हस्पिटालिटी, मुग्लान रेस्टुरेन्ट, रूपाकोट सुनचाँदी पसल, माई पे स्मार्टकार्डबाट एक लाख रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा टिकट बिक्रीबाट १७ लाख ९८ हजार ९३० हजार रुपैयाँ संकलन भएको क्लबले बताएको छ । प्रतियोगिताको उपाधि ‘ए’ डिभिजन टोली संकटा क्लबले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?