काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का प्यानलसहित विजयी हुनुभएको छ ।
अध्यक्षसहित ४ पदाधिकारी र ८ सदस्यमा पारसको प्यानलले जित हासिल गरेको हो । पारसले २३ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी उमेश पिया १४ मत ल्याएर पराजित हुनुभयो।
पदाधिकारी र सदस्यमा पनि पारसको प्यानलका सबैले २३ र उमेशको प्यानलका सबैले १४ मत पाएका छन् ।
६ जिल्लाबाट २४ र कार्यसमितिको १३ जना गरी कुल ३७ जनाले मतदान गरेका थिए। नयाँ नेतृत्वकाे चयनबाट आगामी चार वर्षका लागि १३ सदस्यीय प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको नेतृत्व चयन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच