इस्तानाबुलमा भीषण वर्षाका कारण दुईको मृत्यु, १२ घाइते

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । टर्कीको ठूलो शहर इस्तानाबुलमा भीषण वर्षाका कारण दुई जनाका मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

बुधवार शहरको उत्तरी क्षेत्रमा राति करिव ९ बजेबाट मुसलधारे पानी परेको थियो । सरकारी कार्यालयले बासाकसेहिर जिल्लमा एक गिनी नागरिकको मृत्यु भएको बताएको हो ।

कुकुकेकमेसे जिल्लामा एक टर्की नागरिकको मृत्यु भएको बताइएको छ । अन्य १२ जना घाइतेहरुको भने अस्पतालमा उपचार भइरहेको छ । बाढीका कारण हजारौँ घर र पसल बगाएको छ । केही मानिस बेपत्ता भएको बताइएको छ ।

प्रभावित स्थानीयहरुलाई सरकारी आवासमा राखिएको छ । उत्तरपश्चिमी टर्कीमा मंगलवार बिहानदेखि नै भारती वर्षा भइरहेको छ । किर्कलारेली प्रान्तमा आएको बाढीमा मृत्यु हुनेको संख्या भने तीन पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?