अतिवाद र उग्रवादले गाँजेको राजनीति

प्राडा. शान्तिकृष्ण अधिकारी
Read Time = 14 mins

मेरा एकजना ८५ वर्षीय अग्रज मित्र हुनुहुन्छ । विसं २००७ मा प्रजातन्त्र आयो भन्ने हल्ला उहाँले सुन्नुभएछ । उहाँका अरू एक दुई जना साथीहरूले पनि यो कुरा सुनेका रहेछन् । प्रजातन्त्र भनेको के हो भनेर साथीहरूले उहाँसँग सोधेछन् । प्रजातन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने बालमनोविज्ञानले उहाँलाई छोपेको रहेछ । त्यही कुरा उहाँले साथीहरूलाई बताउनु भएछ । त्यसो भए गाउँको सबैभन्दा ठूलो घरको दैलोमा गएर पिसाब फेर्दिऊँ न त भन्ने सल्लाह उहाँहरूको भएछ र उहाँ लगायतका उहाँका दुई–तीनजना साथीहरू मिलेर छिमेकीको घरको दैलोमा गएर पिसाब फेर्नु भएछ । त्यतिबेला उहाँहरूले चरम स्वतन्त्रताको उपभोग गरेको ठान्नुभएछ तर त्यही कुरा सम्झेर अलि ठूलो भएपछि के गरेको होला भनेर आफैँ लज्जित भएको सुनाउनु हुन्थ्यो ।

नेपालको राजनीति अहिले ठ्याक्कै त्यस्तै हुनपुगेको छ । आफूले के गर्दैछु र त्यसको परिणाम के हुन्छ भनेर कुनै राजनीतिक दलले सोचेको देखिँदैन । कुनै पनि राजनीतिक दलका नेतृत्व या नेतालाई उसले गरिरहेका क्रियाकलापले मुलुकलाई कहाँ पु¥याउँछ तर त्यसले दिने नतिजाले नेपालका भावी सन्ततिलाई कुन अवस्थामा बाँच्न विवश बनाउँछ भन्ने जानकारी नै नभएजस्तो देखिन्छ । हरेक राजनीतिक दल र प्रत्येक नेताले स्वतन्त्रताको भरपूर उपभोग गरिरहेका छन् । त्यो स्वतन्त्रता भनेको उसैका लागि र फेरि उसैका लागि मात्रै जस्तो भएको छ । बाँकी देश र जनता दिनानुदिन ओरालो लागिरहेका छन् ।

राजनीतिक दलका नेताहरूलाई उग्रवादले छोप्दै लगेको छ । वेदका अहं ब्रहृमास्मिलाई राम्रैसँग पढेर यो पूरै ब्रहृमाण्ड नै मेरै हो र म नै ब्रहृम हुँ भन्ने भ्रमले राजनीतिक दलहरू र नेताहरूलाई ढाकेको छ । मैले गरेका जे पनि स्वीकार्य हुनुपर्दछ र म नै सत्य हुँ भन्ने ठान्दछन् ।

स्वतन्त्रताको अर्थ सबैले बुझेका छन् तर त्यसको प्रयोग गलत तरिकाले भइरहेको छ । स्वतन्त्रतालाई अपव्याख्या गर्दै मुलुक नेताका लागि मात्रै हो र देशका सबै स्रोतसाधन सत्तामा पुगेका नेताहरूका निम्तिमात्रै उपयोग गरिनुपर्दछ भन्ने वर्तमान सत्ताधारीहरूको व्यवहारले देखाइरहेको छ । वर्तमानका सत्ताधारी भन्नाले हाल पदमा रहेका मात्रै नभई लोकतन्त्र प्राप्तिपछिका सबै राजनीतिक दलहरू र नेताहरूका व्यवहारले त्यस्तै देखाइरहेको छ । पदमा बहाल रहुञ्जेलमा जति सकिन्छ कमाउनु र सत्ताबाट बाहिरिए पनि सत्ताधारीसँग बार्गेनिङ गर्दै धन कमाउनु नै एकमात्र उद्देश्य राख्नु नै राजनीतिक दल र नेताहरूको स्वतन्त्रता हो जस्तो देखिन थालेको छ ।

राजनीतिक दलका नेताहरूलाई उग्रवादले छोप्दै लगेको छ । वेदका अहं ब्रहृमास्मिलाई राम्रैसँग पढेर यो पूरै ब्रहृमाण्ड नै मेरै हो र म नै ब्रहृम हुँ भन्ने भ्रमले राजनीतिक दलहरू र नेताहरूलाई ढाकेको छ । मैले गरेका जे पनि स्वीकार्य हुनुपर्दछ र म नै सत्य हुँ भन्ने ठान्दछन् । संविधानमा जे लेखिएको भए तापनि मैले गरेका कार्यलाई संविधान अनुरूप नै भएको जनताले मान्नुपर्दछ भन्ने सोचाइ नेताहरूमा विकास भएको पाइन्छ । कुनै काम संविधान बमोजिम नभए तापनि त्यो कामलाई नेतामा रहेको सार्वभौम अधिकार बमोजिम गरिएको ठान्नुपर्ने बाध्यता जनताको छ ।

अर्कोतिर जनतामा पनि अतिवाद झ्यांगिँदै गएको छ । कसैलाई माटैमुनि पु¥याउन पाए र कसैलाई डोली चढाएर बजार डुलाउन पाए हुन्थ्यो भन्ने सोचको विकास भएको छ । डोली चढाउन योग्य छ कि छैन भन्ने मतलब र विश्लेषण नगरिकनै क्षणिक मूल्यांकनका आधारमा शिखरमा पु¥याउने बानी पर्दै गएको छ । को कति दोषी छ र कति निर्दोष छ भन्ने नकेलाइकनै न्यायालयले सुनाउने फैसला जनस्तरबाटै गरिन थालिएको पाइन्छ । आफूले न्याय गर्नुपर्ने बेलामा ख्याल नगर्ने तर अर्काले निर्णय गर्ने बेलामा गनगन गर्ने चलन चल्न थालेको छ । मतदान गर्ने बेलामा सचेत हुने हो भने यस्तै अवस्था नआउन पनि सक्दथ्यो ।

राजनीति सिद्धान्तका आधारमा गरिनुपर्ने हो । हरेक राजनीतिक दलका आ–आफ्नै सिद्धान्त, आदर्श र नीति हुन्छन् । निश्चित सिद्धान्त नभएको दल राजनीतिक दल नभएर त्यो त एउटा समूह वा गुटमात्रै हुन्छ । यस्ता दलहरूको निश्चित स्वार्थबाहेक देश र जनताका लागि कुनै पनि उद्देश्य रहेको हुँदैन । राजनीतिक दलहरू जनताका माझमा लोकप्रिय हुने भनेको त्यही सिद्धान्तलाई जनमानसका बीचमा पु¥याएर हुने हो तर नेपालमा भने स्तरीय सिद्धान्त भएका दलहरू अलोकप्रिय र सिद्धान्तै नभएका राजनीतक भनिएका दलहरू लोकप्रिय हुँदै गएको पाइन्छ ।

देशका विकास लोकतान्त्रिक पद्धतिबाट हुन सक्छ कि कम्युनिज्मबाट भन्ने बहस भई उपयुक्त लागेको बाटो समात्नुपर्ने मतदाताले हो । नियन्त्रित अर्थपद्धति बोकेका दलहरूलाई रोज्ने कि स्वतन्त्र आर्थिक नीति लिने दललाई जिताउने भन्नेमा छलफल गरिनुपर्ने हो । नेपालको अर्थतन्त्र उदारीकरणका माध्यबाट बलियो हुन सक्छ कि मध्यमार्गी अर्थनीतिले दह्रो हुन सक्छ भन्नेमा विवाद गर्नुपर्ने हो तर यस्ता कुनै पनि बाटो नसमातेका राजनीतिक दलहरू पनि जनताका मनमा बस्न सफल भएका दृष्टान्त नेपालमा पाइन्छ ।

कांग्रेसी भनेको नेता र कम्युनिष्ट भनिएको नेताको चरित्रमा कुनै भिन्नता पाइन छाडेको छ । कांग्रेसीहरूको व्यवहार र दर्जनौं टुक्रामा विभक्त भएका कम्युनिष्ट भनिएका पार्टीका नेताहरूका व्यवहार, आहार, विहार र उद्देश्यमा कुनै भिन्नता देखिन छाडेको छ ।

यस्तो परिणाम किन आयो त ? केही दशकअघिसम्म नेपाली कांग्रेसको उदारीकरणको बाटोबाट देशको विकास हुन्छ भन्ने एकथरि थिए भने कम्युनिष्ट दर्शन अन्तर्गतको नियन्त्रित व्यवस्थामात्रै देशका लागि उपयुक्त हुन्छ भन्नेमा अर्काथरिको विश्वास रहेको थियो । स्वतन्त्रता मानिसलाई आवश्यक पर्दछ भन्ने मान्यता प्रजातन्त्रवादीहरूले राख्दथे भने राजा फालेर जनताबाट चुनिएको कम्युनिष्ट पार्टीको नेतामा सम्पूर्ण सम्प्रभुता निहित हुनुपर्दछ भन्ने मान्यता कम्युनिष्ट भनिएकाले राख्दथे । ती आस्था र विश्वास सबै ढल्दै गएपछि जनताको आस्था अतिवाद र उग्रवादतर्फ ढल्किँदै गएको पाइन्छ ।

कांग्रेसी भनेको नेता र कम्युनिष्ट भनिएको नेताको चरित्रमा कुनै भिन्नता पाइन छाडेको छ । कांग्रेसीहरूको व्यवहार र दर्जनौं टुक्रामा विभक्त भएका कम्युनिष्ट भनिएका पार्टीका नेताहरूका व्यवहार, आहार, विहार र उद्देश्यमा कुनै भिन्नता देखिन छाडेको छ । गरिब र मजदुरका नेता भनिएकाहरूको जीवनशैली राजामहाराजाको भन्दा चर्को देखिँदै गएपछि राजनीतिक दर्शनमा विश्वास राख्नुपर्दछ भन्ने मान्यताले जनताका मनमा स्थान पाउन छाडेको छ । जसले चर्का कुरा ग¥यो उसैका पछाडि कुद्नु नै जनताको विवशता हुन पुगेको छ ।

वर्तमान संविधानको बारेमा कुरा गर्ने हो भने यो संविधान जारी गरेको भनेर श्रेय लिन तँछाड मछाड गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीहरूले नै यही संविधानलाई बारम्बार कुल्चेको उदाहरण दर्जनौं छन् । यो संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिन भनेर परिभाषित गर्दै संविधान जलाउनेहरू यही संविधान अन्तर्गत मन्त्री भएका परिदृश्यहरू आमरूपमै देखिए । ती संविधान जलाउनेहरू नै अहिले यही संविधानलाई उत्कृष्ट भन्न थालेको पनि देखिन्छ । स्पष्ट दर्शनका आधारमा चलेका दलहरू पाइन छाडे र सत्तास्वार्थलाई नै केन्द्रमा राख्नेहरू हावी हुँदै जानु नेपालका लागि दुर्भाग्य हुँदै गएको छ ।

के के नै गर्छौं भन्दै विनादर्शन र उद्देश्य उदाएका दलहरू पनि नेपालमा गाई काटिँदा र खुलेयाम गाई काट्छौं भन्दै चुनौती दिँदा पनि मौन रहेको यही नेपालमा देख्न पाइयो । धार्मिक दृष्टिकोणलाई एकछिन अलग्गै राखेर हेर्ने हो भने पनि हरेक देशका आआफ्नै राष्ट्रिय जनावर हुन्छन् र कुनै पनि देशमा राष्ट्रिय जनावर काट्न पाइँदैन । यहाँ भने कुनै जाति रिसाउला, गाई काट्न उक्साउने छद्मरूपमा रहेको शक्ति आफूबाट टाढा होला भन्ने डरले नेपालमा भने सत्ताधारी दल, प्रमुख प्रतिपक्षी दल, नेपालीको जनभावनाको प्रतिनिधित्व गर्छु भन्ने दल सबै नै मौन रहे । बरू प्रधानमन्त्रीले नै जातीय द्वन्द्व चर्काउने खालका भाषण गरेको अनुभूति जनतालाई हुन पुग्यो ।

नेपालै छाडेर विदेश गएकाले यहाँका मतदातालाई व्यापक प्रभाव पारे । नेपालमा भविष्य छैन भन्दै विदेशको नागरिकता वा ग्रीनकार्ड लिएकाले खर्च नपठाउने, भेट्न नआउने जस्ता घुर्की लगाउँदै सिद्धान्तविहीनलाई जित्ने वातावरण सिर्जना गरे । नेपालमा भएको आफ्ना भागमा रहेको सम्पत्ति बेचेर विदेश लगिसकेकाको नियन्त्रणमा यहाँ मतदान भएको पनि देखियो । साथै अदृश्य शक्तिहरूको प्रभाव परेको विश्लेषण पनि गरियो । अर्थात् जे जे नहुनुपर्ने हो त्यही त्यही नेपालमा हुन थालेको छ, जसले नेपालको भविष्य उज्ज्वल बनाउन सक्दैन ।

सर्वहाराको पार्टी भनिने कम्युनिष्ट पार्टीहरूमा देशकै सबैभन्दा धनीहरूको रजगज देखिन्छ । समाजवादको नारा दिएर नथाक्ने कांग्रेसमा पुँजीवादका हिमायतीको बर्चस्व पाइन्छ । गरिब जनतालाई धनी बनाउने प्रलोभन दिँदै सशस्त्र क्रान्ति गरेको माओवादी दलका सबै टुक्राका नेताहरूमात्रै धनी भएका छन् । यही परिस्थितिका कारण नेपालको राजनीति सिद्धान्तविहीन, आदर्शरहित र चरित्रबिनाको बन्दै गएको छ । उग्रवाद र अतिवादले राजनीतिलाई गाँज्दै लगेको छ । यसैबाट मुक्ति अहिलेको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 Comment
  1. समय सापेक्ष र उपयोगि लेख । विशेष गरि सवै राजनीति गर्ने दल का नेता, अहिले को औचित्यबिहिन सरकार
    र जनता ले पनि पढ्नु र बुझ्नु पर्ने हो डा शान्तिकृष्ण सर को देश र जनता को हित मा जारी लिखित मन्तब्य ।। तर बिडब्वना यो देश मा बुद्धिजीवी हरुको छ
    उच्चित कदर कहां छर् !!

रिलेटेड न्युज

छुटाउनुभयो कि ?