जबरजस्ती करणीको आरोपमा वडाअध्यक्ष बिरुद्ध मुद्दा दर्ता

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

-राजकुमार कार्की
ओखलढुंगा । जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका वडा नं–१० का वडा अध्यक्ष बिरुद्ध जाहेरी दर्ता भएको छ ।

जवरजस्ती करणी गरेको आरोप लगाउँदै वडाध्यक्ष छविरमण धमला बिरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दर्ता भएको हो ।

पीडित महिलाको उजुरीका आधारमा असोज ७ गते आइतबार जिल्ला अदालत ओखलढुंगाले आरोपी धमलालाई पक्राउन गर्न आदेश दिएको छ । अध्यक्ष धमलाले जबरजस्ती करणी गरेको भन्दै २५ वर्षिय महिलाले उजुरी दर्ता गराएकी छन् । उजुरी दर्ता भएपछी अध्यक्ष धमला, फोन स्वीचअफ गरी फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

पीडित महिलाका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रहेका थिए । श्रीमान विदेश भएको मौका छोपी अध्यक्ष धमलाले जबरजस्ती करणी गरेको उनको आरोप छ । अहिले पीडीत महिलाका श्रीमान घरमा आइसकेको परिवारले जनाएका छन् ।

धमला गत स्थानिय चुनावमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?