प्रेमराजा महतको ‘भन्देउन धर्तीमाई…’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अग्रज गायक प्रेमराजा महतको स्वरमा रहेको लोकगीत ‘भन्देउन धर्तीमाई...’ सार्वजनिक भएको छ । डब्बु क्षत्रीको शब्द, दीपक शर्माको संगीत र सविन सुवेदीको संगीत संयोजन रहेको गीतको भिडियो सर्वाजनिक गरिएको हो । ‘प्रेम राजा महत’ अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

वेभ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको सार्वजनिक गीतमा नरेन्द्र योगीको मिक्सिङ/मास्टरिङ छ भने समिर कार्कीले रेकर्डिङ गर्नुभएको हो । गीतको भिडियोलाई कवितादेवी महतले निर्माण गर्नुभएको हो । स्टुडियोमा लाइभ छायांकन गरेर तयार पारिएको गीतको भिडियोमा गायक महत नै मुख्य भूमिकामा प्रस्तुत हुनुभएको छ । भडियोमा मिराज अर्याल र दिनेश विष्टको सिनेमाटोग्राफी र मिराजकै सम्पादन तथा भिएफएक्स छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?