‘वानर सेना’को ‘तिम्रो जुनेली रूप’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ । चलचित्रको ‘तिम्रो जुनेली रूप’ बोलको रोमान्टिक थिमको गीत सार्वजनिक गरिएको हो । अर्पण गिरी (अरमान जंग)को डेब्यू निर्देशनमा तयार भएको गीतमा मुख्य कलाकार अर्पण गिरी र आरजु प्रसार्इं फिचर्ड हुनुहुन्छ ।

गीतमा निर्देशक गिरीको शब्द रचना र स्वर छ भने जोन तामाङ र निर्देशक गिरी स्वयंको संगीत छ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बाल कलाकार मास्टर अमित पौडेलसहित विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय छ ।

गिरी ग्राण्ड फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा निर्देशक गिरी स्वयंको लेखन छ भने विनोद सापकोटाको छायांकन, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, नारायण रिजालको नृत्य निर्देशन, बन्दे प्रसादको सम्पादन छ । युवराज गिरीको निर्माण रहेको चलचित्रलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?