सिलोङ लाजोङ र टेरिटोरियल आर्मी विजयी

हिमालय टाइम्स
Read Time = 3 mins

मानेभञ्ज्याङ (भारत) । सातौँ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा सिलोङ लाजोङ एफसी र टेरिटोरियल आर्मी दार्जिलिङ विजयी भएका छन् । शनिबार सम्पन्न खेलमा सिलोङले घरेलु टोली मानेभञ्ज्याङ एफसी तथा आर्मीले रोलिङ क्लब धुलाबारी झापालाई हराएका हुन् ।  पहिलो खेलमा सिलोङले दुई-एक गोल अन्तरले जित निकालेको थियो । खेलको सुरुवाती अग्रता सिलोङले लिएको थियो । १५औँ मिनेटमा सानोले सिलोङलाई अग्रता दिलाउनुभयो ।

२३औँ मिनेटमा वादाजितले अग्रता दोब्बर बनाउनुभयो । पहिलो हाफमा दुई-शून्यले पछि परेको मानेभञ्ज्याङका लागि कप्तान टाक्सिक भुटियाले ६०औँ मिनेटमा एक गोल फर्काउनुभयो । त्यसैगरी दोस्रो खेलमा आर्मीले रोलिङमाथि तीन-शून्यको जित निकाल्न सफल रहृयो । रोलिङ तीनजना नेपाली यू-१९ राष्ट्रिय टिमको सदस्यसहित मैदान उत्रिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको गोल दोस्रो हाफमा निस्किएको थियो ।

४८औँ मिनेटमा लाक्पा तामाङले सुरुवाती गोल गर्नुभएको थियो । ५४औँ मिनेटमा लाक्पाले व्यक्तिगत गोल संख्या दोब्बर बनाउनुभयो । ६५औँ मिनेटमा एस केपगेनले गोल गरेपछि तीन-शून्य गोल अन्तरको जितका साथ आर्मीले अन्तिम आठमा स्थान बनायो ।

प्रतियोगिताको आइतबारबाट क्वाटरफाइनलका खेलहरू सुरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा बिएसके जलपाइगुडी र दलसिङपाडा स्पोटर््स एकाडेमी डुवर्स तथा दोस्रो क्वाटरफाइनल खेलमा चाँद एफसी तीनधारिया र जर्जियन एफसी कालेम्पोङ भिडनेछन् ।

जलपाइगुडीले पानबारी एफसी धरानलाई हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो । दलसिङपाडाले सिङलिङ स्पोर्टिङ क्लब सोरेङ सिक्किमलाई हराएको हो । त्यसैगरी चाँदले रेडहर्स इलाम तथा जर्जियनले डिएसए हावडालाई हराएको थियो ।

प्रतियोगितामा नेपालका पाँच र भारतका ११ क्लबको सहभागिता छ । प्रतियोगिताको विजेताले आठ लाख रुपैया (पाँच लाख भारु) तथा उपविजेताले चार लाख (दुई लाख ५० हजार भारु) पाउनेछन् । फाइनल खेल अक्टोबर १५ तारिखमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?