काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी होनहार युवाको निधन भएको घटनाले आफू मर्माहत भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उक्त अकल्पनीय घटनाबाट जीवन गुमाउनुभएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
आजको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनामा दिवङ्गत भएका नेपालीप्रति सम्मान गर्न यही असोज २३ गते राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्रीले इजरायल सरकारसँग समन्वय गरी निधन भएका नेपाली नागरिकको शव नेपाल ल्याउने पहल थालिसकेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले दुःखद घडीमा धैर्यपूर्वक अघि बढ्न सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा अपिल गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच