कौसी खेतीका चुनौती

हिमालय टाइम्स
Read Time = 12 mins

✍️ मिमलाल श्रेष्ठ

बढ्दो शहरीकरणले मानव सभ्यतालाई साँघुरो बनाउँदै लगेको छ । मानिसले सामाजिक विकासँगै खडा गरेका रीतिरिवाज, चालचलन, परम्परा आदि लोप हुँदै गएका छन् र पनि मनुष्यले मानव सभ्यतालाई साक्षात्कार गर्न पछि हटेको छैन । २१औं शताब्दीको बढ्दो शहरीकरणको चापको सामना गर्दै मनुष्यले आफ्ना संस्कृति र सभ्यता जोगाइराख्ने विकल्प खोजिराखेको छ । शहरीकरण बढेसँगै शहरमा प्रयोग हुने हरेक सामानको गुणस्तर र स्वस्थतामाथि प्रश्न र शंका उत्पन्न हुने क्रम बढ्दो छ ।

त्यसमाथि पनि शहरको भान्सामा प्रयोग हुने वस्तु र परिकारमा गुणस्तरको प्रश्न सबैभन्दा महत्वपूण छ । त्यस्तै जलवायु परिवर्तनको असर, उर्वर भूमिको अतिक्रमणसँगै विश्वमा बढ्दै गएको खाद्य संकट, खाद्यान्नको मूल्यवृद्धि र स्वादको बजारीकरण आजका मानिसको जीविकोपार्जनको सबैभन्दा चुनौती बनेको छ । परिणाम शहरका मानिसहरू स्वस्थ खाद्यान्न र ताजा स्वादको खोजीमा कौसी खेतीमा आकर्षित हुँदै गएका छन् ।

शहरमा खेती गर्ने जग्गाको अभावमा मानिसहरूले दैनिक आवश्यक पर्ने वा उपभोग गर्नुपर्ने तरकारी, फलफूल र मसलाबालीहरू आफ्नो घरको कौसी, बरण्डा र भित्तामा लगाउने संस्कतिको विकास गरिरहेका छन् । घरको कौसी, बरण्डा र भित्ता आदि उपयोगमा नआएका ठाउँको सदुपयोग गरी कौसी खेती गर्नाले धेरै लाभ लिन सकिन्छ । यस्ता ठाउँमा विभिन्न बिरुवा रोप्नाले गर्मीयाममा शीतलता र जाडो याममा न्यानो प्रदान गर्छ । इच्छा बमोजिमका तरकारी, फलफूल र बालीको उपभोग गर्न सकिन्छ । विषादीको प्रयोगबाट बच्दै फोहोरमैला व्यवस्थापन गर्न सहज हुन्छ । शहरी क्षेत्रमा हरियालीपन ल्याउन सहयोग गर्ने र घरको शोभा बढाउँछ । साथै, स्थानीय तथा घरमा खेर गइरहेको साधान, स्रोतको उपयोग हुन्छ ।

कौसी खेती गर्न मानिसले आफ्नो घरको कौसी, छत, बरण्डा, घाम लाग्ने भित्ता बरण्डाको रेलिङ, सिडीको छेउ, घर कम्पाउण्डको पर्खाल आदिको प्रयोग गर्छन् । यहाँ आरुबखडा, अंगुर किवी, स्ट्राबेरी, अदुवा, बेसार, खुर्सानी, प्याज, लसुन, छ्यापी, धनिया आदि उत्पादन गर्न सकिन्छ ।

कौसी खेती गर्न मानिसले आफ्नो घरको कौसी, छत, बरण्डा, घाम लाग्ने भित्ता बरण्डाको रेलिङ, सिडीको छेउ, घर कम्पाउन्डको पर्खाल आदिको प्रयोग गर्छन् । यस्ता ठाउँमा आरूबखडा, अंगुर किवी, स्ट्राबेरी, अदुवा, बेसार, खुर्सानी, प्याज, लसुन, छ्यापी, धनिया, रायो, चम्सुर, स्विसचार्ट, मेथी आदि उत्पादन गर्न सकिन्छ । त्यस्तै, जिरीको साग, सिमरायो, लट्टे, बेथु, गोलभेडा, भाण्टा, रामतोरीया (भिण्डी) भेडे खुर्सानी, काँक्रो, लौका, तितेकरेला, घिरौँला, इस्कुस, घ्यूसिमी, तुनेबोडी केराउ बकुल्ला आदि पनि उत्पादन गर्न सकिन्छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि ज्ञान केन्द्र ललितपुरको तथ्यांक अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा करिब एक लाख छतमा कौसी खेती गर्न सकिन्छ । कौसी खेती गर्दा स्वच्छ तरकारी खान पाउनुका साथै घरको फोहोर व्यवस्थापन हुने र पैसासमेत बच्ने उदेश्यका साथ सरकारलगायत विभिन्न निकायले कौसी खेतीमा करोडौं बजेट लगानी गरेका छन् । पछिल्लो समय स्थानीय सरकारले पनि कौसी खेतीलाई प्राथामिकता दिएको छ । प्रदेश ३ ललितपुर कृषि ज्ञान केन्द्रले प्रांगारिक कौसी खेतीका लागि मात्र दुई करोड हरूैयाँ छुट्याएको छ । चालु आर्थिक वर्षमा ज्ञान केन्द्रले कौसी खेतीसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि करिब ११ करोड बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा काठमाडौंमा चिया, कफी, फलफूल, पुष्प र तरकारी उत्पादन वृद्धि गर्ने कार्यक्रमका लागि ३ करोड बजेट विनियोजन गरिएको छ । सो कार्यक्रमअन्तर्गत किसानलाई ५० प्रतिशत अनुदान दिने व्यवस्था छ । प्रांगारिक कौसी खेतीका लागि २ करोड र एक निर्वाचन क्षेत्र एक मोर्डन कृषि फर्म कार्यक्रमका लागि ३ करोड १५ लाख बजेट छुट्याएको छ । ज्ञान केन्द्र आयोजनाले कृषकलाई पहिलो वर्ष ८० प्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत र तेस्रो वर्ष ४० प्रतिशत अनुदान दिने भएको छ । कृषि ज्ञान केन्द्रले कृषि विकास लागि विभिन्न कृषि परियोना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रांगारिक कृषि आयोजना, रैथाने बाली आयोजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, कृषि यान्त्रिकीकरण आयोजनालगायत कार्यक्रम सञ्चालन गर्नको निम्ति करोडौं बजेट विनियोजन गरिएको छ । कौसी खेतीको सम्बद्र्धन, उत्पादन, व्यवसायीकरण र बजारीकरणको मुख्य लक्ष्यसहित विनियोजन गरिएको बजेट सदुपयोगमा ठूलो चुनौती छ । प्रांगारिक कृषि आयोजना र रैथाने बाली आयोजनाको प्रबद्र्धन सरकारको उच्च प्राथमिकतामा रहनुपर्छ । तर, कौसी खेतीको हकमा विनियोजन गरिएको बजेटको प्रतिफल प्रोत्साहनयोग्य छैन । हिजोदेखि आजको र भोलिसम्मको कौसी खेतीको उत्पादनको तथ्यांक मूल्यांकन गर्ने हो भने सरकारी निकायबाट बिनियोजन हुने बजेट बालुवामा पानी बराबर भएको छ । त्यसकारण पछिल्लो समय कौसी खेती कृषिमा बजेट दुहरूयोगको सबैभन्दा सजिलो विधा बनेको छ ।

आजभोलि शहरभन्दा बाहिर उर्वर भूमि खाली भएर सदुपयोग हुनबाट वञ्चित हुने क्रम बढ्दो छ । त्यस ठाउँमा बजेटको सदुपयोग, कृषि उत्पादनमा वैज्ञानिकीकरण र कृषकमा कृषि ज्ञानको सचेतनाको सन्तुलन हुने हो भने कौसीमात्र होइन सिंगो मुलुक कृषि आकर्षणको नमुना बन्ने थियो । 

सदुपयोगमा आउन बाँकी घरका विभिन्न खाली ठाउँलाई फुर्सदको समयमा हामीले कृषिजन्य उत्पादनको निम्ति प्रयोग गर्न सक्छौं । त्यसको निम्ति जमिनको ठूलो हिस्सा र औपचारिक समयको जरुरत पर्दैन । साथै ठूलो पुँजी पनि आवश्यक छैन । खुत्रुके बचतबाट कौसी खेती सुरु गर्न सकिन्छ । यो मानौं मनुष्यको अनौपचारिक सौख हो । जिन्दगीलाई बिरुवासँगको मित्रबाट दिग्दार समयलाई रोमाञ्चकारी बनाउने प्राकृतिक कला हो । यो पानीको फोकाजस्तै सौख हो । कौसी खेतीले कृषकलाई व्यावसायिक गन्तव्यमा पु¥याउने सामथ्र्य राख्दैन । न त पूर्णरूपमा आत्मानिर्भर नै बनाउँछ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र कृषि यान्त्रिकीकरण आयोजनाको तुलनामा प्रांगारिक कृषि आयोजना सबैभन्दा सस्तो, सहज र असुरक्षित आयोजना हो । त्यसकारण कौसी खेती व्यावसायिक लक्ष्यभन्दा सौखमा निर्भर हुने खेती भएकाले गरिब देशको ठूलो रकम विनियोजन हुनु सान्दर्भिक हुँदैन र स्वयं कृषकले पनि कौसी खेती प्रबद्र्धन, व्यवसायीकरण र बजारीकरणको निम्ति सरकारी बजेटमाथि गिद्धेनगर लाउनु सबैभन्दा लज्जाको विषय हो । सरकारी बजेटको माग गर्नेले त्यसको प्रतिउत्पादनको प्रमाणीकरण गर्नुपर्छ । त्यस्तै, कौशी खेतीमा बजेट पोख्ने निकायले पनि व्यावसायिक सुनिश्चितताको औचित्य पुष्ट गर्न सक्नुपर्छ ।

कौसी खेतीमा विनियोजन गर्ने बजेट मानौ कुनै ठोस उत्पादन हुने क्षेत्रमा लगानी गर्ने हो भने त्यसको परिणाम पक्कै पनि अनुकरणीय हुन्छ । व्यावसायिक कृषि उत्पादनमा गरेको लगानीले नागरिकलाई आत्मानिर्भर बनाउँछ । आजभोलि शहरभन्दा बाहिर उर्वर भूमि खाली भएर सदुपयोग हुनबाट वञ्चित हुने क्रम बढ्दो छ । त्यस ठाउँमा बजेटको सदुपयोग, कृषि उत्पादनमा वैज्ञानिकीकरण र कृषकमा कृषि ज्ञानको सचेतनाको सन्तुलन हुने हो भने कसैको घरको कौसीमात्र होइन सिंगो मुलुक कृषि आकर्षणको नमुना बन्ने थियो ।

शहर आफैंमा किनेर खाने ठाउँ भएकाले शहरमा कौसी खेती आफैंमा चुनौतीपूर्ण छ । यो खेती मूलत गृहिणीमा निर्भर हुन्छ । एउटा सिंगो परिवार यस खेतीबाट निश्चित मौसमबाहेक वर्षभरि पूर्णरूपमा लाभान्वित हुन सक्दैन । त्यसकारण कृषिको विकल्प कौसी खेती हुन सक्दैन । तरकारीमा आत्मानिर्भर बनाउन कौसी खेती अभियान कोही कतैबाट परिचालित हुन्छ भने त्यो आफैँमा स्वार्थपूर्ण हुन्छ । कौसी खेतीको व्यवसायीकरण र प्रबद्र्धनमा खर्च गरिने बजेट आफैंमा दुहरूयोग हो । त्यसैले कौसी खेतीको व्यवसायीकरण, बजारीकरण, प्रबद्र्धन र उत्पादनमा खर्चिने बजेट कृषिको आधुनिकीकरण र उत्पादन क्षमतामा लगानी गरौं । मुलुकलाई कृषिमा आत्मानिर्भर बनाऔं । कृषि संस्कृतिको संरक्षण गरौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?