काठमाडौं । नेपाली काँग्रेसले पार्टीका नेता डा. शेखर कोईरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय लिने भएको छ ।
शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता मिन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेश काँग्रेसकै भागमा परेको र सहमति गरेर आए आफू पछि हट्ने बताएअनुसार नेता कोईरालासँग छलफल गरेर निर्णय लिने बताउनु भयो ।
बैठकमा सभापति देउवाले नेता कोईरालासँग सहमति जुट्ने नेताको नाम मागेको पनि बताउनु भयो । उहाँले गठबन्धन अघि बढ्ने र गठबन्धनमा पर्नसक्ने सम्भावित अफ्ठ्यारोहरुलाई कसरी सजिलो बनाउने ? भन्नेबारेमा बैठकमा छलफल भएको बताउनु भयो । उहाँले गठबन्धन भित्रैबाट सरकार बनाउनका लागि पहल गर्ने निर्णय भएको बताउनु भयो । २०५१ को अवस्था नै अहिले दाहोरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी एक पटक पुनः नेता डा. शेखर कोईरालासँग छलफल गर्छौं । उहाँ आज बैठकमा आउने आउने भनेर आउनु भएन । प्रधानमन्त्रीज्युसँगको छलफलमा हामीले काँग्रेसको भागमै परेकाले तपाईहरु नै नाम भन्नुस् भन्नुभएको छ । हामीले नेता कोईरालालाई सोधेका थियौँ, उहाँले नाम दिनुभएको छैन । कोशी प्रदेश सरकार गठनको प्रक्रियालाई हामीले गम्भीरताका साथ लिएका छौँ । यसबाट गठबन्धनमा पर्नसक्ने सम्भावित अफ्ठ्यारोहरुलाई कसरी सजिलो बनाउने ? र गठबन्धन निरन्तर अघि बढाएर लिएर जाने । कोशी प्रदेशमा पनि गठबन्धन भित्रैबाट सरकार बनाउनका लागि पहल गर्ने, निर्णय भएको छ । २०५१ को अवस्था नै अहिले कताकता दोहोरिएको जस्तो लाग्छ । यसलाई समान्य रुपमा लिन मिल्दैन । भोलि पनि बैठक बस्नेछ । व्यवस्थित रुपमा अघि बढ्नेछ ।’
नेता विश्वकर्माले कोशी प्रदेशमा काँग्रेसका नेताहरुले गरेको बिद्रोहलाई सामान्य रुपमा लिन नहुने बताउनु भयो । बैठक शनिवार पुनः बस्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच