![एमालेले बोलायो सचिवालय बैठक](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/uml-sachiyalaya.jpg)
✍️ तोयराज नेपाल
वर्ष दिनका चाडपर्व मध्ये दशैँ नेपालीहरूको महान् पर्व हो । यस पर्वकी प्रधान देवता शक्ति दुर्गा माता हुन् । त्यसैले दशैँमा शक्क्तिस्वरूपा दुर्गामाताको आराधना गरिन्छ । शक्त्या विना शिवोकपि शव एव अर्थात् शक्तिको सहयोग नभई शिवले पनि केही गर्न सक्नुहुन्न भनिएको छ । ‘शक्तयधीनं जगत् सर्वम्’ अर्थात् कुनै पनि कार्य गर्न शक्तिको नै आवश्यकता हुन्छ । मानिसले केही काम गर्नुपर्नेछ, भने आज मसँग यो काम गर्ने शक्ति छैन, भन्दछन् र त्यो काम हुन सक्तैन । वर्ष दिनसम्म धेरै काम गर्दा शक्ति क्षीण हुने र अरू धेरै काम गर्न शक्तिको आवश्यकता हुने भएकाले कम्तीमा वर्षको एकपटक शक्तिको आराधना गर्ने गरिएको हो । यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल दशमीसम्म दशदिनसम्म हो ।
दशैँका नौ दिनसम्म शक्तिको आराधना गरिन्छ । नाम रूप र गुणका भेदले शक्तिका अनेक रूप छन् । दशैँमा नव दुर्गाको पूजा आराधना गरिन्छ । नवदुर्गाको नाम यस प्रकार छ ।
प्रथमं शैलपुत्री च द्वितीयं ब्रहृमचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीती च ।
सप्तमं कालरित्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धदात्री च नवदुर्गाः प्रकीर्तिताः ।। दुर्गाकवच ३,४,५
१. शैलपुत्री, २. ब्रहृमचारिणी, ३.चन्द्रघण्टा, ४. कूष्माण्डा, ५. स्कन्दमाता, ६. कात्यायनी, ७. कालरात्री, ८. महागौरी र ९. सिद्धिदात्रीसमेत नव दुर्गाको आराधना गरिन्छ । यसमा पहिलो दिन प्रतिपदालाई घटस्थापना भनिन्छ । यसदिन पहिले दियो, कलश र गणेशको पूजागरी जमरा राखेर घटस्थापना गरी (अर्को कलश स्थापना गरी) दुर्गा स्थापना गरिन्छ । प्रथमदिन शैलपुत्री दुर्गाको आराधना गरिन्छ । पूजाका अन्त्यमा कुभिण्डो, नरिवल आदि फलफूलको बलि दिनुपर्दछ । त्यसपछि ब्राहृमण वरण गरी सप्तशती चण्डी पाठ आरम्भ गरिन्छ । अथवा संकल्प गरी आफैं चण्डीपाठ गरेपनि हुन्छ । चण्डीपाठ प्रतिपदादेखि नवमीसम्म नौ आवृत्ति गरिन्छ ।
दशमीका दिनलाई विजया दशमी भनिन्छ । यस दिन जया, विजया र अपराजिताको पूजा आराधना गरिन्छ । अनि दशमीका दिन देवीको विसर्जन गरिन्छ । विसर्जनपछि नयाँ वस्त्र लगाई देवीको प्रसादस्वरूप तिलक टीका जमरा लगाइन्छ ।
यसैक्रमले प्रतिदिन पूजा गरी चण्डीपाठ गर्नुपर्दछ । द्वितीयाका दिन ब्रहृमचारिणीको, तृतीयामा चन्द्रघण्टाको, चतुर्थीमा कूष्माण्डाको, पञ्चमीमा स्कन्दमाताको, षष्ठीमा कात्यायनीको, सप्तमीमा कालरात्रीको, अष्टमीमा महागौरीको र नवमीका दिन सिद्धिदात्री नामकी दुर्गाको पूजा, आराधना गरिन्छ । यसैबीच सप्तमीका दिन भद्रकाली देवीको आराधना गरिन्छ । षष्ठीका दिनमा नै बिल्व निमन्त्रणा गरिन्छ । बिल्वनिमन्त्रणा भनेको बेलका वृक्षमा पूजा गरी म भोलि हजुरको हाँगो देवीपूजाका लागि लानेछु, भनी प्रार्थना गरी निम्ता गर्नुलाई भनिन्छ । सप्तमीका दिनमा सरस्वतीको आवाहन र पूजाआराधना गरिन्छ । सप्तमीका दिनलाई फूलपातीको दिन भनिन्छ । यस दिन बेलसमेत नवपत्रिका (फूलपाती) भित्र्याउने र तिनको पूजा गर्ने गरिन्छ ।
नवपत्रिका भनेका के के हुन् भने कदली दाडिमी धान्या, हरिद्रा मानकं, कचु । बिल्वाशोकौ जयन्ती च विज्ञेया नवपत्रिकाः । अर्थात् केराको पात, दारिम, धानका बाला भएको बोट, हलेदो, मानक (माने), कचु जसलाई कच भनिन्छ, बेलको पातसहितको हाँगो, अशोक र जयन्ती गरी नौ किसिमका फूल र पातहरूलाई नवपत्रिका फूलपाती भनिन्छ । अष्टमीका दिनलाई महाष्टमी भनिन्छ । यसदिन दुर्गाको आवाहन र पूजा आराधना गरिन्छ । अष्टमीका रात्रीमा कालरात्रिविधि पनि गरिन्छ । पशुबलि दिनेले यस दिन विधिपूर्वक पशुबलि दिने गर्दछन् । विधि पुगेन भने यसबाट उल्टो फल प्राप्त हुन्छ । पशु बलि दिन ब्रहृमण जातिलाई निषेध छ ।
बलिमांसादिपूजेयं विप्रवर्ज्या मयेरिता । तेषां किल सुरामांसैर्नोक्ता पूजा नृप क्वचित् भनेर वैकृतिक रहस्यमा ब्राहृमणलाई पशुबलि दिन निषेध गरिएको छ । ब्राहृमणले बलिदिँदा कूष्माण्ड, (कुभिण्डो), नरिवल, बेल, घिरौँलो, केरा, काँक्रो, ऊखू, मूला आदि फलफूल र कन्दमूलको बलि दिनुपर्दछ । कूष्माण्ड आदि बलि प्रत्येक दिन दिएर पाठ आरम्भ गर्नुपर्दछ । नवमीका दिनलाई महानवमी भनिन्छ । यस दिन त्रिशूलिनी भगवतीको आवाहन गरी आराधना गरिन्छ । त्यस दिन दुई वर्षदेखि दश वर्षसम्मका नौवटी कन्याको पूजा गर्नुपर्दछ । सक्नेले प्रत्येक दिन दुई वर्षदेखि दश वर्षका कन्याको पूजा गर्नुपर्छ । त्यसै दिन नौ आवृत्ति चण्डीपाठ समाप्त हुन्छ र यसको हवन गरिन्छ । हवन सप्तमी, अष्टमीतिर गरे पनि हुन्छ । दुर्गा पूजाका हवनमा अग्नि जुराउनु पर्दैन ।
दशमीका दिनलाई विजया दशमी भनिन्छ । यसदिन जया, विजया र अपराजिताको पूजा आराधना गरिन्छ । अनि दशमीका दिन देवीको विसर्जन गरिन्छ । विसर्जनपछि नयाँ वस्त्र लगाई देवीको प्रसादस्वरूप तिलक टीका जमरा लगाइन्छ । यो टीका जमरा लगाउने चलन नेपालका पूर्वी र मध्यभागका धेरै ठाउँमा पूर्णिमाका दिनसम्म छ भने पश्चिमी भागमा कतिपय ठाउँमा टीकाका दिन राति १२ बजेसम्ममात्र लगाउने चलन छ । यसरी दुर्गा भगवतीको उत्सव गरी शक्तिसञ्चय गर्ने दशैँ महत्वपूर्ण पर्व हो ।
दशैँ आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्त भएको उपलक्षमा चलेको मानिन्छ । अघि रावणको अत्याचारबाट त्रस्त जनताको र उसद्वारा हरिएकी सीताको समेत उद्धार गर्न रामचन्द्रले दुर्गाशक्तिको आराधना गरी भगवतीको प्रसादस्वरूप टीका तथा जमरा ग्रहण गरेर रावण विजयका लागि यात्रा गरेको दिन हो यो ।
दुर्गामाताले स्वयं देवताहरूलाई उपदेश गर्नुभएको छ : शरत्काले माहा पूजा क्रियते या च वार्षिकी । तस्यां ममैतन्माहात्म्यं श्रुत्वा भक्ति समन्वितः ।। सर्वाबाधाविनिर्मुक्तो धनधान्यसुतान्वितः । मनुष्यो मत्प्रसादेन भविष्यति नसंशयः ।। सप्तशतीचण्डी १२ र १३ अर्थात् शरद् ऋतुमा जस्ले भक्तिपूर्वक मेरो महापूजा आराधना गरी सप्तशती चण्डी पाठ गर्दछ त्यसका सम्म्पूर्ण दुःखकष्टहरू नाश हुन्छन् । धनधान्य सुख ऐश्वर्य प्राप्त हुन्छ । रोग व्याध र शत्रु नाश भई जीवन आनन्दमय हुन्छ भनेर स्वयं देवीले भन्न्नुभएको हुँदा दशैँ पर्वमा देवीको आराधना गरी चण्डीपाठ गरेर शक्ति सञ्चय गरौँ । सम्पूर्णको कल्याण हुन्छ ।
दशैँ पर्व भनेको आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्त भएको उपलक्षमा चलेको मानिन्छ । कारण अघि रावणको अत्याचारबाट त्रस्त जनताको र उसद्वारा हरिएकी सीताको समेत उद्धार गर्न रामचन्द्रले दुर्गाशक्तिको आराधना गरी भगवतीको प्रसादस्वरूप टीका तथा जमरा ग्रहण गरेर रावण विजयका लागि यात्रा गरेको दिन र त्यसै यात्राका क्रममा रावणमाथि विजय प्राप्त गरेको हुँदा आश्विनशुक्ल दशमीलाई विजया दशमी भनिएको हो । मधु र कैटभ दैत्यहरूको अत्याचारबाट त्रस्त ब्रहृमजीले भगवतीको आराधना गरेको र विष्णुले ती दैत्यमाथि विजय प्राप्त गर्नुभएको थियो ।
साथै महिषासुर र शुम्भनिशुम्भको अत्याचारबाट देवताहरूले भगवतीको आराधना गरी भगवतीले महिषासुर र शुम्भनिशुम्भमाथि विजय गर्न यात्रा गरेको आदि वर्णनबाट पनि आसुरीशक्तिमाथि दैवी शक्तिको विजय गर्न भगवतीको आराधना गरिएका प्रंगसबाट यसदिनको विजया दशमी नाम सार्थक भएको छ । फेरि सुरथ राजाले भगवतीको आराधना गरेर शत्रुद्वारा खोसिएको राज्य पुनः प्राप्त गरे भने समाधिनामक वैश्यले श्रीमती तथा छोराहरूद्वारा अपहेलित भएर घरबाट निकालिएपछि भगवतीको आराधना गरेर मोक्ष प्राप्त गर्ने ज्ञान प्राप्तगरी मोक्ष भएका थिए । युधष्ठिरादि पाण्डवहरूले छलयुक्त जुवाद्वारा खोसिएको राज्य भगवतीको आराधना गरेर युद्धद्वारा जितेर पुनः प्राप्त गरेका थिए । सत्राजित्द्वारा लगाइएको मिथ्यापवाद मेटाउन कृष्णद्वारा सत्राजितका भाइ प्रसेन र मणिको खोजीमा जाँदा २८ दिनसम्म जाम्बवान्सँग युद्ध श्रीकृष्णले युद्ध गर्नुभएको थियो ।
आासीत्तदष्टाविंशाहमितरेतर
मुष्टिभिः। श्री.भा.१०।५६र२४
कृष्ण हराएकामा चिन्तित भई वसुदेव र देवकीले कृष्ण छिटै आउन् भनेर भगवतीको उपासना गरेका हुँदा उपासना सकेकै दिन कृष्णजी टुप्लुक्क आउनुभएको प्रसंग पनि पौराणिक साहित्यमा वर्णित छ । भगवतीको उपासनाद्वारा आफ्ना मनका कामना पूरा भएका यस्ता धेरै उदाहरण छन् । केही मात्र यहाँ प्रस्तुत गरिएका हुन् । जेहोस् भगवती दुर्गामाताको उपासना गर्दा मानिसलाई अवश्य कल्याण हुने कुरामा सन्देह छैन । त्यसैले हामी पनि श्रद्धा एवं भक्तिद्वारा भगवतीको उपासना गरौँ, हाम्रा मनका कामनाहरू अवश्य पूर्ण हुनेछन् । ॐ दुर्गायैनमः। श्रीकृष्णार्पणमस्तु ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच