नेपाली गणतन्त्रलाई तीन तहको सरकारले कुरूप र विकलाङ्ग राज्यको स्वरूपमा सञ्चालन आज गरेको पनि होइन । आरम्भकै दिनदेखि लाटाले फेरेको कछाडजस्तो गराएको थियो । नेपाली जनताले गणतन्त्रमा प्रदेश यसैगरी चलाइनेरहेछ भनेर खासै केही गरेनन् । तर, सुँगुर जति मोटाउँछ पिँध त्यति नै चाउरिन्छ भने झैँ प्रत्येक आवधिक निर्वाचनपछि पनि नेपालको संविधानलाई आफ्ना स्वार्थमा खुम्च्याउने, च्यात्ने र इरेज गर्नेजस्ता काम हुँदै आउँदा पनि न राजनीतिक दलले न त राज्यले प्रशासन चलाउन खडा गरेका सम्बद्ध निकायले ध्यान दिए । राजनीतिक दल भ्रष्टाचार, सत्ता, कुसंस्कार र शक्ति हत्याउनमात्रै परिसीमित भएर बसे ।
आज कोशीमा त्यही फलेर फुलेर फल प्रदान गर्न पुगेको देखिन्छ । सहज र सुकृत राजनीति हुन्थ्यो प्रत्येक राजनीतिक दल आआफ्ना बलबुतामा चुनावी मैदानमा घोषणमापत्रमा मात्रै प्रतिबद्ध भएर जानुपथ्र्यो । सोह्र वर्षे अल्हड केटाले १४/१५ वर्षे अल्हड केटीलाई आकाशका जूनतारा म तिम्रा पोल्टामा हल्दिन्छु भनेर फकाउने शैलीका भाषण नेता भनाउँदा कुनैले पनि गर्नु हुँदैन । मधेस प्रदेशजस्ता गलत नाम राखेका छन् प्रदेशको पनि । जनकप्रदेश या याज्ञवल्क्य प्रदेश भनेर त्यो प्रदेशको नामकरण गरिएको भए कति राम्रो हुनेथियो । समग्र आर्य जातिलाई माध्यन्दिनीय शुक्ल यजुर्वेद दिने याज्ञवल्क्यलाई बिर्सेर आफूलाई धरती पुत्र भन्नेले मुख कहाँ लगेर लुकाउने ? कि तिनमा लाज शर्म विवेक र बुद्धि छैन ? भविष्यले यो प्रश्न गर्नेछ ।
त्यतिबेला ‘हम सभ मैथिल थीक हुँ’ भन्नेहरूले के त्यहाँका नारीले घुँघट काडे झैँ घुम्टाले मुख छोपेर बस्ने ? जनक प्रदेश किन राखिएन ? भनेर भविष्यका ज्ञानी सन्तानले प्रश्न गरे भने के उत्तर देलान यी साम्प्रदायिकताका पुत्लाले ? कोशी या विराट प्रदेश दुवै नाम अत्यन्त सुन्दर नाम राखेका बेलामा पनि भूत लागे झैँ छट्पटाएर जातीय आधारमा नाम राख्न नपाउँदा अर्धमूच्र्छित भएर बरबराउने जातिलाई देशको सर्वोच्च शासकका आसनमा बसेर हामीलाई बहुमत दिनुस् तपाईंलाई जातीय राज्य दिनेछौँ भन्नेबित्तिकै त्यसै मञ्चबाट नेपाली जनताले जिब्रो किन थुतेनन् ? हुनु यो पथ्र्यो राजनीतिका असली प्रहरेदार भनेका नीरक्षीर विवेक गर्न सक्ने मतदाता या साधारण जनता ती जसले आफ्नो हक अधिकार तथा काम र कर्तव्य बुझेका हुन्छन् । न कि शासनमा पुगेका र जाली फटाहालाई पनि देवत्वकरण गर्दै स्तवन गर्दछन् ।
करनी तथा कथनी बदल्न बानी परेका प्रचण्डलाई यसपटक डा.शेखर कोइराला र खड्गप्रसाद शर्मा ओलीका आडमा केदार कार्की र एमालेका सांसदले देखाएको सच्चिन्तनले फेरि सत्ताको झिँगे प्रवृत्तिमा अवतरण नगराओस् भन्ने कामना देशभरिका मान्छेले गरेका छन् ।
हाम्रा देशमा चाहे पञ्चायत काल होस् चाहे प्रजातन्त्रकाल होस् जहिले पनि चुनावका अघिल्ला दिन राँघो, भैंसी, खसी, सुँगुर काटेर दुई चोक्टा मासु र एक गिलास ठर्रा खाएर खुशी भएर लुटेरा, डाका, ज्यानमारा, ज्यानमाराका स्वास्नी, सालालाई भोट दिएर पाँच वर्ष सराप्ने र धरधरी रुने मतदाताको बाहुल्य छ । यसको प्रमाणका लागि खडगप्रसाद शर्मा ओलीको विजय र पाण्डव अधिकारीको पराजय, गोर्खाबाट प्रचण्डको विजय र डडेल्धुराबाट शेरबहादुरको विजयलाई अनन्तकालसम्मै उदाहरणका रूपमा अघि सार्नेछन् मतदाताको प्रवृत्ति र चुनावी प्रभावको स्थलगत अध्ययन गरेर निष्कर्षमा पुग्नचाहने विद्वान्ले ।
कथित मधेस प्रदेशको अनियन्त्रित आर्थिक अपचलन, पदीय र नैतिक भ्रष्टाचार जातीय विविधताका आडमा मौलाएको जातीय विभेदको घिनलाग्दो स्वरूका चिन्तनले आजका दिनमा कोशी प्रदेशलाई पनि गाँजेको देखियो । त्यहाँ जात र इतिहासलाई समातेर काटमारमा उत्रिएका दुई कम्युनिष्ट (माओवादी र एमाले) मध्ये विवेक भएका मान्छे कोशीनामकै पक्षमा लाग्ने छन् । आफ्नो सत्ता सयरका लागि संविधान च्यात्ने विधान केही होइन हाम्रो गठसठबन्धन नै मूल कुरा हो भन्ने चिन्तन भएका कांग्रेस सभापति र मुखमा जे आयो त्यही बोल्ने अनि छेपाराले छिनछिनमा रङ बदले झैँ रङरूप र करनी तथा कथनी पनि बदल्न बानी परेका प्रचण्डलाई यसपटक डा.शेखर कोइराला र खड्गप्रसाद शर्मा ओलीका आडमा केदार कार्की र एमालेका सांसदले देखाएको सच्चिन्तनले फेरि सत्ताको झिँगे प्रवृत्तिमा अवतरण नगराओस् भन्ने कामना देशभरिका मान्छेले गरेका छन् ।
डा.शेखर त सत्ता लुब्ध छैनन् । उनलाई सत्ता र शक्तिको स्वाद पनि थाह छैन तर ओली भने ठक्कर खाएर छट्पटाएको घाइते बाघजसरी मौकाका ताकमा हुनसक्छन् । मैथिलीमा एउटा उखान छ चोटाएल साँप । ओली त्यही हुन् । बन्दुकको नालबाट सत्ता र शक्ति पाइन्छ भन्ने चिन्तनले काम नगरेपछि बाध्यात्मक रूपमा ब्यालेटको राजनीति स्वीकारेका तर मौका पाउनेबित्तिकै त्यता लाग्न आतुर बनेर बसेका कम्युनिस्ट हुन् ओली, माकुने र प्रचण्ड भन्ने मात्रै राम्ररी हृदयंगम कांग्रेसीले गर्न सके उदीयमान् नेता डा. शेखर कोइरालाले विशेष गरी बुझे भने मात्रै राजनीतिले सुधारको मार्गमा पदविक्षेप गर्नसक्ला अन्यथा माछोमाछो भ्यागुतो नै हुनेछ । कम्युनिस्ट भनेका एकदलीय अधिनायकवादी नै हुन् ।
बहुदलीय संरचना विध्वस्त नगरीकन त्यो प्राप्त नहुने देखेर नै यिनीहरूले अहिलेको हाम्रो संविधानलाई धर्मनिरपेक्ष, कुनै पनि एक दलले बहुमत ल्याउन नसक्ने गरी खिचडी र प्रदेश जस्तो गलगण्ड थपेर देश र समाजलाई नै खत, टाटा, विफरयुक्त बनाएका छन् । स्वास्थ्यले अत्यन्त नै साथ नदिएका गिरिजाप्रसाद कोइरालालाई छोरी समातेर चुप लाएर यिनले गरेका षड्यन्त्र अब बिस्तारै जनताका अगाडि आउनथालेका छन् । नेपाली जनताले धैर्यपूर्वक हेरे ।
अब तिनलाई वाममार्गी र घोर दक्षिणपन्थी (राजा ल्याएर समाधान गर्न खोज्ने) देखि देश र जनतालाई जोगाएर अघि बढाउने दायित्व देशभक्त, गरिब, किसान, मजदूर, मध्य तथा निम्नमध्यम वर्ग र उच्च सम्भ्रान्तवर्ग अटाउने समान अवसरवादी विधिको सर्वोच्चता र कानुनी राज्यले मात्रै न्याय दिनसक्ने भएको हुनाले डा. शेखरले यो कुरो बुझेर कदम चाल्नु आवश्यक देखेको छु मैले । नेपाली कांग्रेसलाई यसै मझधारमा हिँडाएको हुनाले हिजो सफल भएको थियो ।
यही अपेक्षा यो देशका तमामले शेरबहादुर देउवासँग पनि गरेका थिए तर उनले यो स्वर्ण अवसर गुमाए । अब उनका नामका अगाडि सत्ताको पुतली, निहितस्वार्थी र परिवारवादी पद्धति, मूल्यमान्यता भन्दा सत्ता, शक्ति, ग्रुप र सुन स्वास्नीभक्त भनेर भोलिको इतिहासका डायरीमा उनले नाम दर्ज गरि नै सके । अब उनले गरेका असल नियतका कुरामा पनि बुढो बाघले देखाएको सुनको बालाका रूपमा मान्छेले लिन थालेका छन् । किनभने कांग्रेसका सभापतिले कांग्रेसको मान्छे मुख्यमन्त्री बन्ने सम्भावनालाई पनि त्यागेर माओवादीका पक्षमा निर्णय गराउन उनी कम्मर कसेर लागेको देखियो ।
महामन्त्री भएदेखि नै मूल्यांकन गर्दा गगनले देखाएको हतारका तुलनामा कुनै एकमात्र पनि स्मरणीय काम गरेको देखिँदैन । विश्वप्रकाशले कारबाहीका कुरा गर्न भ्याएछन् । त्यो कुरो सुनेपछि डा.शेखर जसरी प्रतिप्रश्न गर्न लागे त्यसले कोइरालाका दिलको दावानललाई संकेत गर्दछ ।
त्यतिमात्र होइन यसपटक दुनियाँले आस गरेका प्रखर व्यक्तित्व भएका भविष्यका आशाका मूर्ति मानिएका दुईजना महामन्त्री पनि कांग्रेस महाधिवेशनका बेला चिनिएका प्रकाशमान र सुजाता तथा कृष्ण सिटौला झैँ सभापतिले खडा गरेका शकुनि दाउका पाशा नै रहेछन् भनेर पनि जनताले बुझ्न थालेका छन् । यो नेपाली कांग्रेसलाई ठूलो हानी नोक्सानी हो । सकिन्छ भने सबैले यसलाई सच्याउन बल गर्नु राम्रो हुन्छ । सास छउन्जेल आस हुन्छ नै । गगनले हतार गर्न लागेको निकै दिन भएको थियो । राम्रो काम गर्नका लागि हतार हो भने ठीक छ भनेर शेखरले पनि उनलाई संसदीय दलमा उठ्ने अनुमति दिएकै हुन् ।
अहिले गगनलाई के बितेको थियो र प्याच्च बोलेका हुन् त्यसलाई परिलाउने जिम्मेवारी पनि उनकै हो । महामन्त्री भएदेखि नै मूल्यांकन गर्दा पनि गगनले देखाएको हतारका तुलनामा कुनै एक मात्र पनि स्मरणीय काम गरेको देखिँदैन । विश्वप्रकाशले कार्बाहीका कुरा पनि गर्न भ्याएछन् । त्यो कुरो सुनेपछि डा.शेखर जसरी प्रतिप्रश्न गर्न लागे त्यसले कोइरालाका दिलको दावानललाई संकेत गर्दछ । यसबाट पनि के बुझियो भने डा.कोइराला रिसाउँदैनन्, किचकिच पनि गर्दैनन् तर उनलाई बेतुकका कुरा हुन लागे भन्ने लाग्यो भने अनि उनीभित्रको स्फोटास्त्र पड्कन्छ । यिनी वर्तमानका सभापति झैँ औंलो ठड्यार मुख बिगारेर गाली गर्दैनन् । त्यो संस्कार नै यो परिवारमा कसैमा पनि मैले देखेको छैन ।
अहिले केही भएको छैन तर भविष्य भने निकै संकेत प्रधान बनेर आउन लागेको लख काट्न सकिन्छ । ललितानिवास बेच्न स्वीकृति दिने, आदेश दिने र आदेश दिएर पठाउने डा.बाबुराम भट्टराई र माधवकुमार नेपाललाई गहुँत छर्कने र पूजिने, प्रत्येकजसो भ्रष्टाचारका फायल खोलिँदा अग्रपंक्तिमा नाम आउने भद्रा लेडी महारानी र नेका सभापति मुछिने अनि नेकाका काँधमा चढेर जातीय राज्यको आश्वासन दिने प्रचण्ड सुन तस्करीमा छोरालाई प्रवीण गराएर आफू पानीमाथिको ओभानु हुने महरा, ज्यानमाराको अभियोग हुँदाहुँदै सभामुख बनेर आफ्ना उद्देश्य साध्ने अग्निप्रसाद सापकोटा, सर्पमा भ्रष्टाचार भयो भनेर मेरो अपमान गर्ने भनेर कुर्लने अर्जुनदृष्टि भएका खनाल साराका सारा गंगा स्नानबाट फर्कने ? यही राजनीति यही हो देश सञ्चालन गर्ने काइदा ? हो यी गलत प्रवृत्तिका विरुद्ध कांग्रेस एक्लै उभिन सक्नुपर्दछ । एक पटक भ्रष्टाचारमा हाम्रा सभापति जेल गएकै हुन् ।
अब पनि यदि कानुनले ठह¥याउँछ भने उनी त्यसको सामना गर्न तयार छन् । बढ कांग्रेस अघि । वाम भनेका सांगठनिक भ्रष्टाचार गर्ने तत्व हुन्, यिनले कहिल्यै स्वच्छ राज्य निर्माण गर्दैनन् भन्ने त हिजोको रुस र माओका पत्नीले कमाएका धनले स्पष्ट गरेकै छ । क्षीणा जनाः निष्करुणा भवन्ति भने झैँ समाजको तल्लो तहबाट आएको तर गरिबीको थप्पडले राम्ररी थप्पड्याएका व्यक्तिमा धनको, शक्तिको र सुन तथा सत्ताको लालसा कहिल्यै पूरा हुँदैन जसरी खान नपाएर आँत छिनेको मान्छे जति खाए पनि सन्तोष गर्न सक्दैन धनका, शक्तितका र पदका मामलामा पनि बल्लतल्ल प्राप्त गरेका बेला नकमाए कहिले कमाउने भन्ने मनोविज्ञानले काम गरेका कांग्रेस पनि भ्रष्टाचारमा आकण्ठ चुर्लुंम डुबेका छन् ।
संस्कृतमा एउटा नित्युक्ति छ : योग्यं योग्याय दातव्यम् । योग्यलाई नै योग्य स्थानमा पुर्याउनुपर्छ । अयोग्यलाई उम्दो स्थानमा पु¥याउँदा नेपालको बहुदलीय प्रजातन्त्र जसरी दुर्गन्धित बनाए त्यसै गरी जे पनि बिगार्छन् यिनले अत : मतदाता शिक्षा पनि सरकार तथा राम्रो चाहने पार्टीहरूले चलाउनु पर्यो । हाम्रो प्रजातन्त्र फेल हुनेतिर लागेकै मतदाताका कारणले हो । पित्ले कचौरामा दही खानुहुने रहँदैन उग्लन्छ । अहिले एक नम्बरमा भएका नेताहरू हिजो दुई नम्बरमा हुँदा नै पित्ले थिए प्रजातन्त्रलाई उगालेकै हुन् । सम्झनोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच