काठमाडौं । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुबाको मर्म समेटेर नबिल बैंकले सन्देशमूलक दशैँ भिडियो सार्वजनिक गरेको छ । विभिन्न समय परिस्थितिअनुसार देखिएका समस्या सामना गर्ने गरी अभिप्रेरित गर्न र सामाजिक भावना दर्शाउन बैंकले बडादशैँको पूर्वसन्ध्यामा भिडियो सामग्री सार्वजनिक गरेको हो । भिडियोमार्फत् छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई दिन खोजिएको छ ।
उच्च शिक्षापछि आफ्ना सन्तान घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुबाको आशालाई दर्शाउन खोजिएको छ । साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशंका र सन्तानले बुझेको बुबाआमाको भावना पनि देखाउन खोजिएको छ । बैंकले शैक्षिक कर्जा, युवा उद्यमी कर्जालगायतका कार्यक्रमका साथमा नबिल सामाजिक उद्यमशीलताअन्तर्गत नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच