
काठमाडौं । भक्तपुर नगरपालिका वडा-२ ले तेस्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा स्वर्ण जितेको छ । स्पिन इभेन्ट प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा-२ ले ललितपुर महानगरपालिकाको वडा १२ लाई ३-० ले पराजित गर्यो । भक्तपुर ५ र ललितपुर १७ तेस्रो बन्यो ।
सिंगल्समा वडा २ की मञ्जु सुवालले इशान्भी महर्जनलाई ११-४, ११-५ र ११-३ तथा अञ्जु सुवालले रोशनी महर्जनलाई ११-६, ११-७ र ११-५ को सोझो सेटमा पराजित गर्नुभयो । डबल्समा मञ्जु र क्यारिना सुवालको जोडीले इशान्भी र रोनिशाको जोडीलाई ९-११, ११-१, १२-१० र ११-५ ले हराउनुभयो ।
सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्टमा ललितपुर ६ पहिलो भयो । फाइनलमा ललितपुर ६ ले ललितपुर ७ लाई ३-१ ले पाखा लगायो । ललितपुर १२ र भक्तपुर ५ तेस्रो स्थानमा रहृयो ।
सिंगल्समा ललितपुर ६ का राजेन्द्र कपालीले डिकेन महर्जनलाई ११-७, ११-४ र ११-५ तथा एलेक्स महर्जनलाई ११-४, ९-११, ११-७ र ११-८ को सेटमा पन्छाउनुभयो । डबल्समा राजेन्द्र र सञ्जिलको जोडीले एलेक्स र डिकेनको जोडीलाई ९-११, ११-४, ११-९ र १२-१० ले निराश पारे । एलेक्सले सन्जिलमाथि ११-८, ११-७ र ११-९ को जित दर्ता गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच