गुल्मी महोत्सवको टिकटको ५० प्रतिशत रकम भूकम्प पीडितलाई

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मीमा सञ्चालन भइरहेको महोत्सवको आज शनिबार हुने कारोबारको टिकटको ५० प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितहरुको उद्धारका लागि पठाइने भएको छ ।

गुल्मी उद्योग संघको आयोजनामा गुल्मीको सदरमुकामको उपल्लो तम्घासमा सञ्चालन भइरहेको महोत्सवको शनिबार कारोबार हुने टिकटको ५० प्रतिशत रकम भूकम्प प्रभावितहरुको उद्धाराका लागि जाजरकोट पठाइने भएको महासचिव सुदर्शन खनालले जानकारी दिनुभयो ।

गुल्मी उद्योग संघको शनिबार बसेको आकस्मिक बैठकले यस्तो निणर्य गरेको हो । संघले भुकम्पमा परी दिवंगत हुनुभएकाहरुमा शोक व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । महोत्सव यही कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?