आइसीसी टि-२० : नेपाल र ओमानका बीचमा प्रतिस्पर्धा हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँछ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो ।

त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ । छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी-२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् ।

नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् । न्युज कारखाना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?