तनहुँ । तनहुँको देवघाट गाउँपालिका-५ स्थित देवघाटधाममा रहेको वृद्धाश्रममा रहेका ७० जना वृद्ध वृद्धाहरूलाई एनआरएनए बेल्जियमको आयोजनामा न्यान्नो लत्ताकपडा वितरण गरिएको छ । सोमबार बिहान एनआरएनए बेल्जियमको टिम सोहि आश्रममा पुगेर न्यानो कपडा वितरण गरिएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले एनआरएनए बेल्जियमको टिमले देवघाटधाममा आएर लत्ताकपडा वितरण गरेर पुन्य कार्य गर्नुभएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियोे । थापाले बृद्धबृद्वा बुवाआमा रहरले आश्रम बस्न आएको हैन उनिहरूलाई परिस्थितिले ल्याएको बताउदैँ सबैले सकेको सहयोग गर्नुपर्ने बताउनुभयो ।
बृद्धबृद्वा भनेको भगवान् हो हामीले उनिहरूलाई सम्मानका साथ पूजा गरेर राख्नुपर्छ भन्दै सबैले आ-आफ्नो घरमा भएको बृद्वा बुवाआमाहरूलाई हेला हैन कि माया ममता दिएर राख्नसमेत उहाँले आग्रह गर्नुभएको थियोे । साथै देवघाट गाउँपालिकाले आगमी दिनहरूमा बृद्धाहरूको लागि सक्दो सहयोग गर्ने प्रयाससमेत गरिरहने अध्यक्ष थापाले प्रतिवद्वता व्यक्त गर्नुभयो ।
कार्यक्रममा एनआरएनए बेल्जियमको अध्यक्ष एवं समाजसेवी सीता सापकोटाले बृद्धवा बुवाआमालाई लत्ताकपडा वितरण गर्दै हामीलाई जन्म नदिनु भएतापनि हाम्रो आमाबुवा तपाईंहरू हो तपाईंहरूलाई सकेको सहयोग गर्नु कर्तव्य भएर सहयोग स्वरूप लत्ताकपडा लिएर देवघाट आएको बताउनुभयो । उहाँले बुवाआमा आश्रम रहरले हैन कि बाध्यताले बस्न बाध्य बनाएको हो भन्दैँ सबै बुवाआमा हरूलाई आनन्दसँग बस्न हौसला प्रदान गर्नुभयो ।
साथै सापकोटाले धेरै थोरै किन नहोस् लिनुभन्दा दिनुले धेरै सन्तुष्टि मिल्ने बताउदैँ बुवाआमाहरू सँग आगमी दिनहरूमा फेरि पनि यस्तै सहयोग लिएर आउने बाचासमेत गर्नुभयो । उहाँले सो क्रममा यस्तो परोपकारी कार्य गर्नु आफूलाई एनआरएनए बेल्जियम परिवारले अवसर एवं जिम्मेवारी दिएकोमा एनआरएनए बेल्जियमलाई धन्यवादसमेत व्यक्त गनुृभएको थियो ।
सो कार्यक्रम का विशिष्ट अतिथि पूर्व केन्द्रीय सहमहामन्त्री हरि न्यौपाने, विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी नेपालका केन्द्रीय सदस्य एवं चितवन सभापति हरिप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पौडेल, देवघाट क्षेत्र विकास समितिका सदस्य हरिप्रसाद पौडेल, ढकराज कोईराला, देवी अधिकारीलगायत विभिन्न महानुभावको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच