काठमाडौं । हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकाले दशैँ, तिहार, नेपाल सम्वत् ११४४ र छठका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको मध्य बानेश्वरस्थित कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा हिटाकर्मीहरूको उपस्थिति रहेको थियो ।
अनलाइनका सम्पादक सन्दीप पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा हिटाका सल्लाहकार एवं नेपाल महिला दबाब समूहकी अध्यक्ष कल्याणी शाहले हिटाले एउटा गौरवपूर्ण इतिहास कायम गरेको भन्दै यसको शाख जोगाएर अघि बढ्नुपर्ने वर्तमान चुनौती रहेको आँैल्याउनुभएको थियो । उहाँले भन्नुभयो, ‘विभिन्न उतारचढावबीच हिमालय टाइम्स आजको दिनसम्म आइपुगेको छ, यसको आफ्नै गौरवपूर्ण इतिहास छ, वर्तमानको चुनौती भनेको यो धरोहरलाई अझ सशक्तका साथ अघि बढाउनु हो ।’
यस्तै, प्रधान सम्पादक पुरुषोत्तम दाहालले हिमालय टाइम्सले पछिल्ला दिनहरूमा आफूलाई अझ सशक्तरूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले लोकतन्त्र र राष्ट्रियता यस प्रकाशनको मूल जरो रहेको बताउँदै बाहिर विभिन्न विचार भए पनि कार्यालयभित्र छिरेपछि लोकतन्त्र र राष्ट्रियतामा मात्रै ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी बाहिर विभिन्न विचार समूहका हुन सक्छौँ तर कार्यालयको गेटभित्र प्रवेश गरेपछि लोकतन्त्र र राष्ट्रियतामात्रै हाम्रो मूल विषय हुनुपर्छ ।’
यसैगरी कार्यकारी निर्देशक उज्ज्वल शर्माले हिटाको इतिहासलाई वर्तमान समयअनुकूल लैजानका लागि यस परिवारका सबैको उत्तिकै जिम्मेवारी रहेको बताउनुभयो । उहाँले देशको पश्चिमी क्षेत्रमा हालै गएको विनाशकारी भूकम्पका कारण धेरै जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै यो अवस्थामा संस्थाका तर्फबाट पनि केही रकम सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री राष्ट्रिय विपद् कोषमा केही रकम जम्मा गर्ने निर्णयमा यस संस्थाका कर्मचारीले पनि आफूले सक्दो सहयोग पुर्याएकोमा आभार व्यक्त गर्नुभएको थियो । कर्मचारीले दिएको रकममा संस्थाले केही थप गरी कोषमा जम्मा गरिने उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा अनलाइन नेपाली र अंग्रेजी संस्करण, पत्रिका एवं बजार व्यवस्थापनका अधिकांश सदस्यको उपस्थिति रहेको थियो । हिटाले प्रमुख चाडबाडको अवसर पारेर हरेक वर्ष सो कार्यक्रम आयोजना गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच