✍️ नुमा मुसङ सेर्मा
किरात धर्मका सोह्रौ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दलाई किरात धर्मदर्शनमा छैटौं अवतार मुहिगुम अङसिमाङ भगवान् मानिन्छ । येहाङ, लेप्मुहाङ, कान्देनहाङ, सिरिजंगाहाङ, माबोहाङपछि फाल्गुनन्दको स्थान उच्चकोटीको सर्वमान्य सर्वाेच्च दर्शनदाता, किरात धर्मका पुनसंस्थापक ईश्वरदूतको रूपमा पूजनीय छन् । विसं १९४२ कार्तिक २५ गते इलामको चुक्चिनाम्बामा पिता जगनबाज, माता हंसमति लिङ्देन कुलमा उहाँ अवतरण हुनुभएको हो ।
किरातहरु राज्य सञ्चालन र देवनीति चलाउन नजानी कुकर्म, कुसंस्कार, कुरीतिमा फस्दै गरेका ब्रहृममस्तिष्कमा सोच्ने शक्ति फुत्त निक्लेर जाँदा देशशक्ति, राजशक्ति, धनशक्ति समाप्त भएर गरिब टुहुरा, निर्दयी भई मातापिता भए पनि आमा, बाबुविहीनझैं बोल्दा पनि भकभके, आँखाले पनि धर्मराउँदो धर्मर दृश्य देख्ने भएर बसेकाले तिमीहरुको परमेश्वरले मलाई पठाएकाले आएको हुँ । मैले देखाएको मार्गमा हिँड्यौं धर्म अनुशरण, आचरण ग्रहण गर्यौ भने मोक्ष पाउनेछौं भन्ने महाज्ञान, महादार्शनिक चिन्तन ‘अचुक्त चुला निर्मल काया, अनन्त शाखा’ सन्तान भनी दिएको उपदेश चेतनामूलक चैतन्य रहेको छ ।
संसार संयोग र वियोगको दोसाँध हो । लडाइँ, झगडा, मुद्दामामिला अज्ञानता हो । विश्व साझा फूलबारीमा साझा घर मानेर मिलिजुली, शान्ति भई बसौं । रंगीबिरंगी फूलझैँ थरीथरीका जातजाति, साथी, परिपरिका छौं, परिपरिले अनेक थरी थरीका मार्ग अवलम्बन गरिए पनि एउटै ईश्वरको फूलबारी हो ।
हराउँदा नहराउने, अन्त नहुने शाखा, चुलामा नचुक्ने, नखस्ने, पवित्र जलले शरीर चोक्खाउने, हत्या हिंसा निषेध, जाँड, रक्सी, मादमंस प्रतिबन्ध, देवीदेवता ईश्वरीय पूजा अर्चनामा पशुबलि, रक्तबलि नगर्नु भन्ने ज्ञान प्रवाह गर्नुभयो । यसका साथै चोरी, जारी जुवा तास, अवैधानिक, हिंसाकम सुधार गरी स्वर्गलोक परमलोकमा जाने सुमार्ग सुधर्म, सत्यकर्म, सत्य आहार, सत्य विचार सत्यनाम, सतनाम, सत्य व्यवहार गर्नु भनी धर्माेपदेश पनि दिनुभयो ।
एउटै बाबुआमाका छोराछोरी । सबै मानिस हुन् बराबरी ।
महिला र पुरुष सराबरी । हुनुपर्छ मानिसमा बराबरी ।।
कुन छोरा कुन छोरी । नर र नारी समान बराबरी ।।
छोरा छोरी एउटै हो सन्तान । दुवै हुन् ईश्वरको बरदान ।।
लैङ्गिक भेद, अंश, बंश, हक, अधिकार, मानव, मानवता, पढलेख, स्त्रीवाद, पुरुषवाद, साम्यवाद, समानतावाद नै सत्यवादका संस्थापक हुनाले सत्यहाङमा साधु नाम संज्ञा लाग्यो । विसं १९८८ वैशाख २४ गते १० लिम्बु १७ थुमको चुम्लुङ गरी सात बुँदे सत्यधर्म मुचुल्का लिखित ग्रन्थ प्रतिपादन गरी ऐतिहासिकता निर्माण गर्ने महान् दार्शनिकले काबेली, सिलौटी, लोब्रे लिलिङसे पोखरी, चुक्चिनाम्बा र जितपुर ७ माङहिम निर्माण र फाक्ताङलुङ धर्मशाला र भूटान कालिखोलामा युमा माङहिम स्थापना गरी सो ठाउँमा हालसम्म नित्य माङसेवा सञ्चालन भइरहेको छ ।
संसार संयोग र वियोगको दोसाँध हो । न तेरो, न मेरो, संसार झमेरो हो । लडाइँ, झगडा, मुद्दामामिला अज्ञानता हो । विश्व साझा फूलबारीमा साझा घर मानेर मिलिजुली, शान्ति भई बसौं । रंगीबिरंगी फूलझैँ थरीथरीका जातजाति, साथी, परिपरिका छौँ, परिपरिले अनेक थरीथरीका मार्ग अवलम्बन गरिए पनि एउटै ईश्वरको फूलबारी हो । मनुष्य नाच्नु, हाँस्नु, बाँच्नु र आ आफ्ना अस्तित्व स्वधर्म स्वभाव श्वासप्रश्वासले मनु–मनुष्य एकमात्र हौं भनी विश्व शान्ति र मानव एकताको शंखघोष गर्नु विश्वका एक महागुरु फाल्गुनन्द हुन् । सेवा गर्नाले तनशुद्ध, ध्यान गर्नाले मनशुद्ध । दान दिनाले धन शुद्ध, तीर्थ जानाले आत्माशुद्ध ।
त्याग हुनाले कर्म शुद्ध । धर्म धारणाले विश्व शुद्ध गरी स्वर्गको अवतरण संसारमा ल्याउन शान्ति, दया, सत्य, अहिंसाको प्रतिमूर्ति फाल्गुनन्दको ४५-५० ज्ञानबद्र्धक सामाजिक मुन्धुम ग्रन्थहरु आजको समयमा पनि दर्शनीय अनुकरणीय छन् । दर्शनसहितको दक्ष र लक्षसहितको मानव यात्राले लक्षित तथा दीक्षित सच्चा जीवन हो । सारा जीव जगत, पशु प्राणी, मानव तागेरामाङ इश्वरका सृष्टि हुन् । अतः जल, जीव, जगत, जंगल जमिनको रक्षा एवं सुरक्षा गर र स्वस्थ्य, स्वधर्म, स्वचरित्र, स्वाभाविक जिउनु ईश्वरीय वरदान नै मानव कल्याण हो । कलियुगमा यही कुराको अभाव भएकोले कलिको अन्त्य गराई सत्य युगको बीजारोपण गर्ने सत्यको राजालाई सत्यहाङमा अद्यावधि मानिँदै आइएको छ ।
महाज्ञानका महाज्ञानीले यो लोक, स्वर्गलोक, अर्काे लोक तीन त्री लोक अठार भुवन मानव मोक्षको मुक्ति, मन्त्र निर्माण गरी शिक्षा दीक्षा, ध्यान ज्ञान, जप, तप, गर्ने मुन्धुमको प्रतिपादन गर्नु भएको स्वयं परमात्मा परमेश्वरको कृपा महागुरुको साधन हो ।
देवकर्मले देवतुल्य, राजकर्मले राजा, ठूलो बुद्धिले महान्, सानो बिचारले नोकर, कुकर्मले नर्कमा र पापले नासिन्छ, मासिन्छ । महाज्ञानका महाज्ञानीले यो लोक, स्वर्गलोक, अर्काे लोक तीन त्री लोक अठार भुवन मानव मोक्षको मुक्ति, मन्त्र निर्माण गरी शिक्षा दीक्षा, ध्यान ज्ञान, जप, तप, गर्ने मुन्धुमको प्रतिपादन गर्नु भएको स्वयं परमात्मा परमेश्वरको कृपा महागुरुको साधन हो । यही ब्रहृमविद्या, देवविद्या, योगविद्या, राजविद्या चतुर्थ विद्याका ज्ञानीले काम, मोक्ष, धर्म र अर्थ चार पुरुषार्थका मार्ग दर्शन दिनुभएकाले किरात धर्म दर्शनको पुनरसंस्थापक अवतार भगवानले पूज्यनीय छन् ।
नेपाल राज्यले सोह्रौं राष्ट्रिय विभूति र जन्मजयन्तीमा सार्वजनिक बिदा, किरात धर्म राज्यको चौथो दर्जा, फाल्गुनन्द प्रतिष्ठान, प्रतिमा, फाल्गुनन्द मार्ग, हुलाक टिकट र कक्षागत पाठ्यक्रममा व्यवस्थित रहिआएको छ । विश्वको १५-२० मुलुकमा विस्तार भएको उहाँको किरात धर्म अन्तर्राष्ट्रिय दोस्रो महासम्मेलन भइसकेको अवस्थामा किरात भाषा, किरात लिपि, किरात धर्म, किरात महागुरु राष्ट्रको गहना, मुक्तिदाता, चेतनदाता, ज्ञानदाता, दर्शनदाताको रूपमा विश्वयापी रूपमा चर्चित हुनाले बुद्ध भगवान् र फाल्गुनन्द भगवान् नेपाल र नेपालीका गौरवगाथा मानिनु भएको छ । यसका अतिरिक्त उच्च सगरमाथा बोकेको हाम्रो मोक्ष ज्ञान दिमाक गाथा पनि नेपालको सम्पति हुन् ।
छोटो नहुनु थेप्चिन्छ लामो भए भाँचिन्छ, समान हुनु समानतामा बाँचिन्छ, समान हुनु समानतामा बाँचिन्छ, बराबरले मिलिन्छ, मेलमिलाप भएमा स्वतः उठ्नेछौं । माङ्वाणीका संवाहकको यो उपदेश युगयुग अमर रहनेछ । अमा नभए बाबु आउँदैन । बाबु आमाविना सन्तान हुँदैन, सन्तानविहिन संसार चल्दैन । अतएव मनुष्यमा शशि मुन्धुम, दर्शनज्ञान चाहिन्छ । ज्ञान निष्काम कर्म गरी अमर अजेवी अपराजेयी महागुरु फाल्गुनन्दको १३९औं जन्मजयन्तीको पुनित अवसरमा समस्त मानव जाति, पशु प्राणी जीवरक्षाको शुभकामना चढाउँदै थल शान्ति, जल शान्ति, आकाश शान्ति, वायु शान्ति, अग्नि शान्ति, विश्व ब्रहृमाण्ड शान्ति, विश्व मानव शान्तिको प्रार्थना गर्दछु ।
१३९औं जन्मजयन्ती झापा जिल्ला शिवसत्ताक्षी नपा.७ चिल्लागढमा किरात मन्दिर उदघाटन, फाल्गुनन्द शालिक अनावरणमा किरात धर्मगुरु आत्मानन्द लिङ्देन गुरुमाता पवित्रहाङमा लिङ्देनको देवसवारी हुने अवसरमा नेपाल सरकारबाट बन तथा वातावरण मन्त्री श्री वीरेन्द्रप्रसाद महतो प्रमुख अतिथि आउनुहुने भएको छ । महागुरु फाल्गुनन्द-अमर रहून् । किरात धर्मको-जय ।।
(लेखक विश्व किरात नारी संघ संस्थापक उपाध्यक्ष हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच