भूकम्पपीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चीनको युनान प्रान्तले नेपालको जाजरकोट भूकम्पपीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

चीनको खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरुको भेला ’सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रममा सो प्रतिवद्धता जनाइएको पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो ।

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाट भएको जानकारी दिँदै उहाँले सो क्रममा जाजरकोट र रूकुमका भूकम्पपीडितलाई युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोगको प्रतिवद्धता जनाएको जानकारी दिनुभएको हो।

साथै अध्यक्ष नेपालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले दश लाख आरएमबी बराबरको आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?