काठमाडौंको विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ ।

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो । काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ । कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम शुरु भएको र शनिवारसम्म सबै काम सकिने बताउनु भयो । उहाँले । हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यस पटक पनि निःशुल्क नै व्यवस्थापन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘टेण्ट हाल्न शुरु भएको छ, शनिवारसम्म काम सकिन्छ । हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गरेका छौँ । यस पटक चन्दा बाक्सा पनि राख्दैनौँ । छठी माईको मूर्ति पोखरीमा नराख्ने भएका छौँ । सेलाउने मूर्ति बाहिर नै राख्नेछौँ । आरती र भजन कीर्तन गर्नेछौँ ।’

त्यस्तै गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताउनु भयो । उहाँले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको र बाँकी काम शनिवारसम्म सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छठको घाट ५०८ देखि ५१० वटा बनाउने निर्णय गरेका छौँ । अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको छ । २० प्रतिशत काम शनिवारसम्म सकिन्छ । कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम बाँकी छ । आर्थिक मन्दीले अलि कमी हुने आँकलन गरेका छौँ । तर रसिद काट्नेहरु हेर्दा भरिन्छ जस्तो छ ।’

आर्थिक मन्दीका कारण यस वर्ष छठमा आउनेहरुको संख्या कमी हुने आँकलन गरेको बताउनु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?