जानेर नजानेर देश विकास गर्नुभन्दा अरूले विकास गरिदिएका देशमा सन्तान पुर्याउने संयन्त्र बनाएर मरेका लासले सन्तान आउन्जेल सद्गति नपाउने मुलुक आजका राज्य सञ्चालकले बनाएको कुरो त सुवास नेम्वाङ जत्तिको शासनका सर्वोच्च तहमा आजीवन बसेका व्यक्तिको महाप्रयाणले साबित गरेको देखियो । यस उद्योगमा लाग्दा लाखौं वर्षदेखि मिलेर बसेको समाजलाई बिथोल्नका निमित्त देश शासनको अधिकार दिने मूल कानुन संविधान हो । संविधानमा कुखेल खेल्ने फलाना फलाना हुन् भनेर प्रायः तीनजनाको नाम सुनिन्छ । त्यस बेलाको संविधान निर्माण समितिको संयोजक, तत्कालीन संविधानसभाका अध्यक्ष र राष्ट्रपुत्री हुन् प्रयत्नशील एउटी महिलाको ।
यो संविधान ८३.९४ प्रतिशत जनता ‘ॐकार’ परिवारभित्र पर्दछन् भन्ने कुरो बिर्सेर अति हरिया डलरका प्रवाहमा प्रवाहित भएर जारी गरियो । राष्ट्रिय पुत्रीका कारणले राष्ट्रिय अभिभावक पनि एक चम्चा पानी मुखमा राखेर झ्यालढोका थुनेर बस्न विवश भएका थिए भन्ने अरूले बिर्से पनि मैले बिर्सेको छुइन । अर्थात् यी सबै आर्यसनातन वैदिक धर्मावलम्बी हुन् । सनातन धर्मभित्र वैदिक श्रोत्रीय ब्राहृमण, क्षत्री, किरात, नेवार (केही), दशनामी, मगर, गुरुङ, हायु, चेपाङ, घर्ती, सार्की, कामी, दमाईं, बिग्रन्ती, माझी, दनुवार, सुँडी, तेली, लोहार, कुशबाहा, चमार, दुसाध, धिमाल, सोनार, मण्डल, खत्वे, राजवंशी ताजपुरिया, कुसुन्डा, राउटे, चनारो, कुमाले आदि पहाडका ३६ जात र मधेसका ६३ जात हिन्दू आर्य सनातन वैदिक धर्मावलम्बी छन् ।
देशको यत्रो ठूलो जन समुदायलाई छल्ने यो संविधान संशोधनका लागि अहिलेका राजनीतिक दलहरू अझै तयार भएका छैनन् । यसको मत्लव हुनसक्छ सबै ठूला राजनीतिक दलका नायकको मुख अमेरिका र युरोपका हरिया पिण्डले बन्द गरेको छ । अब नेपालमा सत्ताका लागि १७ हजार मान्छे मारेर आएकाले पनि आफ्नो विद्रोह साबित गर्न नसकेको स्पष्ट भएको देखियो । २० पाथी दूधमा एउटा सानो सिन्काको टुप्पो अमिलामा चोबेर दूधमा डुबाइदिए पूरै २० पाथी दूध फाटेर चोक्टा लाम्टा हुन्छ । धर्म र संस्कार पनि दूध जस्तै संवेदनशील हुन्छ ।
यो देश बुद्ध, शिख, हिन्दू, जैन, मुसलमान, क्रिश्चियन, सेन्तो सबैको हो । आगाको धर्म पोल्ने हो, पानीको धर्म भिजाउने हो, माटाको धर्म उमार्ने या उब्जाउने हो । अधिक जनताको जुन धर्म हुन्छ राज्यको पनि त्यही धर्म हुन्छ ।
धर्मले जोड्ने, समेट्ने र सबैलाई आफ्ना आँचलमा पार्ने काम गर्दछ त्यो पनि आस्था विश्वास र भक्तिका आधारमा । सम्प्रदाय या पन्थले चाहिँ आफ्नै डम्फु बजाउने गर्दछ । अहिले पर्चा, डलर बोकेर ‘आमेन’ लेख भनेर अनपढलाई तिम्री आमाको बिमार ठीक हुन्छ भनेर गोजीका संयन्त्रको मुहार पुस्तिकामा प्रचार गरेको देखिन्छ । अनपढा नेपालीलाई धर्मका नाममा क्रिश्चियन बनाउने र गरिबलाई डलरमा लोभ्याएर क्रिश्चियन बनाउने लहर चलेको रहेछ गाउँघरमा । नेपालको संविधानले बल, लोभ, करकापमा पारेर धर्म परिवर्तन गराउन पाइँदैन भनेको हुँदाहुँदै पनि हिजो राजनीतिक सत्ताका लागि वनमा तयार गरिएका सेनालाई गाईगोरु काटेर खुवाउने र खानेका हातमा देशको शासनसत्ताको वाग्डोर सुम्पने हिन्दू या सनातनीलाई के भन्ने ?
जनताले तिनलाई बहुमत नदिए पनि सत्ता लोलुप लोतिखरे हिन्दुले गाई काट्नेलाई काँधमा बोकेका हुनाले आजको यो द्वन्द्व, विभेद र दुष्कर्मको बाढी आएको हो भनेर लाटाले पनि बुझेको छ । मैथिलीमा एउटा उखानले भन्छ : चुन्ना पोठी चाल देबए, आ रहुक शिर बिषाए । अर्थात् केही साना छुल्याहाले गरेका बदमास क्रियाकलापले ठूलालाई असर पर्छ । गाई काट्ने, ज्यानमारा छाड्ने, देशको भण्डारमा डुँडुलो डुबाएर नचाहिँदा क्रियाकलाप गर्नेका विरुद्धमा ८३.९४ प्रतिशत हिन्दु प्रतिरोधमा ओर्लियो भने केहोला भन्ने कल्पना पनि गरेका छन् धर्मरिपेक्षतावादीले ? अति गर्नु अत्याचार नगर्नु भनेर लोकले सिकाएको छ हामीलाई ।
यो देश बुद्ध, शिख, हिन्दू, जैन, मुसलमान, क्रिश्चियिन, सेन्तो सबैको हो । आगाको धर्म पोल्ने हो, पानीको धर्म भिजाउने हो, माटाको धर्म उमार्ने या उब्जाउने हो । अधिक जनताको जुन धर्म हुन्छ राज्यको पनि त्यही धर्म हुन्छ । पाकिस्तानलाई हिन्दु बनाउन सकिँदैन । इराक, इरान सौदी अरेबिया आदि इस्लाम देश हुन् । अमेरिका सर्वधर्म सर्व संस्कारवादी व्यवहारमा देखिन्छ तर कर्मले राष्ट्रपति कहिल्यै क्याथोलिक किन जित्दैन ? बेलायत पनि पूर्ण प्रजातन्त्र भएको देश हो तर त्यहाँ बरू हिन्दु आउँछ प्रधानमन्त्रीमा तर क्रिश्चियनमा चाहिँ प्रोटेष्टेन्ट नै चाहिने किनभने तिनको बहुमत छ ।
यस कुरालाई ती महान् त्रयले नजर अन्दाज गरेका हुनाले आज सारा अनर्थका पोका खुलेका छन् । अतः यो मर्मविपरीत गर्नेका विरुद्ध सन्त, महन्त, साहु, सेठकार आदि सडकमा आएका दिनको परिकल्पना गर है । किनभने सुतेका बाघलाई छेस्का नाकमा पसाएर ब्युँझाउने चेष्टा गर्दाको परिणाम के हुन्छ पहिले नै नबुझे सारा कुरा बिग्रन्छन् । आज म हिन्दु धर्मका सम्बन्धमा केही शास्त्रीय चर्चा पनि गर्न खोज्दै छु ।
१, हिन्दु
यो फारसी नाम हो । वेद, धर्मशास्त्र, नीतिशास्त्र, पुराण आदिलाई आफ्नो धर्मग्रन्थ मान्ने जाति वा धर्मलाई हिन्दु भनिन्छ । धर्मका रूपमा नेपाली संविधानले घोषणा गरेको धर्म भनेर बालकृष्ण पोखरेल निर्देशक रहेको नेपाली बृहत् शब्दकोषले हिन्दुको परिचय दिएको छ । अचेल हिन्दु ह्रस्व लेखिन्छ र यसको व्युत्पत्ति ‘हीनान् अनाचारान् दुष्टचरित्रान् दूषयति’ भनेर पनि गर्न सकिन्छ । दुष वैकृत्ये भन्ने धातुमा डु हुन्छ र पृषोदरादि... भन्ने सूत्र लाएर हिन्दुः भन्ने शब्द बनाउन सकिन्छ । यसको अर्थ चाहिँ वैदिक सनातन धर्म मान्ने जातजाति भन्ने हुन्छ । मेरुतन्त्रमा हीनञ्चदूषयत्वेव हिन्दुरित्युच्यते बुधैः भनेर व्यख्या गरिएको भेटिन्छ ।
अब हामीले चाहे कांग्रेस, चाहे एमाले, चाहे माओवादी, या अन्य कुनै साउने वर्षामा च्याउ उम्रे झैँ उम्रेका दलले ८३.९४ प्रतिशतलाई हेपेर ५,७,२, प्रतिशतको चाकडी गर्छन् भने हिन्दु धर्म मान्नेले यिनलाई हराएर हिन्दु धर्मको स्थापना गर्नेतिर सुधारका प्रयत्न गर्नु आवश्यक छ ।
पाणिनि व्याकरणकै आधारमा बनेका प्राकृत व्याकरणमा ‘स’ का स्थानमा ‘ह’ हुने नियमाअनुसार सिन्धुका स्थानमा हिन्दु भएको हो भनेर भाषावैज्ञानिक भन्छन् । अचेल पनि बैतडीतिरको लोक बोलीमा सक्दैन भनेको ‘हग्दैन’ भन्छन् । हुम्ला, जुम्लातिर छैनलाई हैन पनि भन्छन् । फरसी भाषामा चाहिँ हिन्दु शब्दको इस्लाम धर्म नमान्ने भन्ने अर्थ हुन्छ । संस्कृत भाषामा चाहिँ परम्परागत आचार छाड्ने या वंशानुगत चलिआएको धर्म नमान्नेसँग द्रोह गर्नेलाई हिन्दु भनिन्छ । यस अनुसार हीनं द्वेषयतीति भनेर शब्दकल्पद्रुमले परिचय गराएको छ । यस्ता केही परिभाषा खोजेर संस्कृत नेपाली व्युत्पत्तिमूलक कोषमा उद्धृत गरिए अनुसार :-
(क) हिनोति धर्मविज्ञानं नयत्यात्मानमुन्नतिम् ।
दुनोति दुष्टवृत्तस्थान् सबै हिन्दुरिति स्मृतम् ।।
अर्थात् धर्मविज्ञानमा अघि सर्ने, आत्मोन्नयनमा लाग्ने र दुष्टको दमन गर्नेलाई हिन्दु भनिन्छ ।
(ख) कलिना बलिनाच्छन्ने धर्मे कवलिते कलौ
यवनैरवनी क्रान्ता हिन्दवो विन्धमाविशन् ।।
बलवान कलिले सनातन धर्मलाई नास गरेपछि पृथ्वीमा मुसलमानको साम्राज्य फैलियो । हिन्दुहरू विन्ध्यपर्वततिर लागे ।
(ग) हिन्दुधर्मप्रणेतारो जायन्ते चक्रवर्तिनः ।
हीनञ्च दूषयत्वेव हिन्दुरित्युच्यते प्रिये ।।
चक्रवर्ती राजाहरूले झैँ हिन्दुहरूले हीन (नास्तिक) लाई सखाप पारेर सनातन धर्मलाई कायम राख्ने भएका हुनाले नै यिनलाई हिन्दु भनिएको हो । यो कुरो मेरु तन्त्रमा वताइएको छ ।
(घ) हिन्दुर्हिन्दूश्च पुंसि द्वौ दुष्टानाञ्च विघर्षणे
दुष्टको दमन गर्ने अर्थमा प्रयोग हुने हिन्दु शब्द दुई प्रकार (हिन्दु र ह्न्दिू) को छ । यी दुवै शब्द पुलिंगमा प्रयोग गरिन्छन् भनेर अद्भूतकोशले बताएको छ ।
(ङ) हिन्दुर्हिनारायणादिदेवताभक्तः ।
नारायणादि देवताका भक्त नै, (विष्णु, शिव, देवी, सूर्य, गणेश आदि तेत्तीस प्रकारका देवताका भक्त नै हिन्दु मानिन्छन्) भनेर हेमन्त कविकोषले बताएको छ ।
(च) हिनस्ति तपसा पापान् दैहिकान् दुष्टमानुषान् ।
हेतिभिः शत्रुवर्गस्य स हिन्दुरभिधीयते ।।
तपस्या गरेर शारीरिक पापलाई नास गरी शस्त्रबाट शत्रु र दुष्ट नास गर्नेलाई हिन्दु भनिन्छ भनेर पारिजातहरण नामक ग्रन्थमा लेखिएको छ ।
(छ) हिन्दुर्दुष्टो नभवति नानार्यो नविदूषकः ।
सद्धर्मपालको विद्वान् श्रौतधर्मपरायणः ।।
हिन्दुहरू दुष्ट हुँदैनन्, अनार्य निन्दित कर्म गर्ने, फोहोरी, बासी, सडेगलेका अन्न मांसादि पनि नखाने, उत्कृष्ट चरित्र र चिन्तन भएका र विषयलोलुप पनि हुँदैनन् । सद्धर्म पालन गर्ने, वैदिक सनातन धर्ममा लाग्ने भएका हुनाले विद्वान् हुन्छन् भनेर रामकोषले वताएको छ ।
(ज) गोषुभक्तिर्भवेद्यस्य सदाचरण तत्परः ।
स वै हिन्दुरिति प्रोक्तः श्रुतिस्मृतिपथेरतः ।।
वेद र वैदिक धर्ममा विश्वास गर्ने अनि गाईलाई पूजा गर्ने, सगुण ईश्वरलाई पूज्ने र पूर्वजन्मादिमा विश्वास गर्नेलाई नै हिन्दु भनिन्छ । यसरी हेर्दा आर्य सनातन वैदिक धर्म भन्दा सर्वसामान्य जनता अलमलिने र पूरा वाक्य उच्चारण गर्न पनि नजान्ने अवस्था आएपछि वैदिक सनातन धर्मका लक्षण सबै मिलाएर विद्वान्हरूले हिन्दु भनेर छोटकरी नाम राखेको देखिन्छ । भाषा वैज्ञानिक नियमानुसार पनि मान्छेको उच्चारण क्षमता कठोरताबाट सरलतातिर र दीर्घसाध्यताबाट संक्षिप्ततातिर विकसित हुन्छ । यस कुरालाई पुष्टि गर्न केही उदाहरण अघिसारी हेरौँ । वेदमा हातलाई हस्तासो भनिन्थ्यो भने लौकिक संस्कृतमा आइपुग्दा त्यो शब्द सरलिएर हस्तः भयो भने नेपालीमा चाहिँ हात भयो ।
भक्तम शब्द भत्त बनेर नेपालीमा भात बनेको देखिन्छ । यसै गरी पितृ, मातृ पिता माताबाट बा आमा बनेको भेटिन्छ । ललाटः बाट णिदार निधार भएको पनि यही सरलताका कारणले हो । मान्छेका इच्छा र आगाको ज्वालो माथि उठ्छन् भने भाषाको विकासको गति र पानीको बहाव चाहिँ सजिलोतिर हुन्छ । धर्म पनि कठोरताबाट सरलतातिर नै विकसित हुँदै जान्छ । हिन्दुधर्मका कतिपय कठोर कुरालाई बुद्धले परिष्कार गरेर सरल, सरस र आधुनिक युग सुहाउँदो बनाएका हुनाले संसारमा आज त्रिलश्चियन र इस्लामपछि हिन्दुधर्म नै प्रतिस्पद्र्धामा आएको छ । हाम्रा देशमा रहेका र संसारमा भएका सबै ॐकार परिवार मिल्ने हो भने एक अर्ब १२ करोडको सङ्ख्यामा आज पनि हामी हिन्दु छौं ।
अब हामीले चाहे कांग्रेस, चाहे एमाले, चाहे माओवादी, या अन्य कुनै साउने वर्षामा च्याउ उम्रे झैँ उम्रेका दलले ८३.९४ प्रतिशतलाई हेपेर ५,७,२, प्रतिशतको चाकडी गर्छन् भने हिन्दू धर्म मान्नेले यिनलाई हराएर हिन्दू धर्मको स्थापना गर्नेतिर सुधारका प्रयत्न गर्नु आवश्यक छ र ऋग्वेदमा १० प्रकारका गणराज्यको परिचर्चा भेटिन्छ । त्यहाँ राजा शब्द भए पनि कुलांगार मूर्तिचोर, नाम नखुलेको कालो पदार्थ खाने, होटेल खोलेर व्यवसाय गर्नेजस्तालाई राजा नमानेका उदाहरण छन् । अतः गणराज्य भनेको जनताको सर्वोच्चता भएको राज्य व्यवस्था हो नकि राजाबाट या एकव्यक्ति या एकै वंशको मनोमानी भएको । हिन्दुले यी कुरा राम्ररी बुझ्नु आवश्यक छ । कोट बाहिर जनै लाउने प्रगल्भ शासन हिन्दुका नाममा मान्न सकिँदैन ।
क्या लेख्नु भयो दाजु