झापामा आज राजाबादीहरुले प्रदर्शन गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । झापामा आज राजाबादीहरुले शक्ति प्रदर्शन गर्ने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम छ ।

उक्त प्रदर्शनमा शाह पनि सहभागी भएर सम्बोधन गर्ने कार्यक्रम छ । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरू जुटेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि झापा तिरै छन । उनले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी गरे । आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागिता रहने दाबी गरेको छ ।

आज ८ हजार मोटरसाइकल र्‍याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?