पोखरा । विभागीय टिम एपिएफ केपी ओली कप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार समूह ‘बी’को खेलमा लुम्बिनीले गण्डकीलाई हराएसँगै समूह विजेताका रूपमा एपिएफ सेमिफाइनल प्रवेश गरेको हो ।
समूह चरणको पहिलो खेलमा एपिएफलाई गण्डकीले हराएको थियो । दोस्रो खेलमा एपिएफले शनिबार लुम्बिनीलाई हराएको थियो । समूह चरणको अन्तिम खेलमा लुम्बिनीले गण्डकीलाई हरायो ।
समूह ‘बी’मा सबै टिमले समान एक जितसहित दुई अंक जोडेका छन् । नेट रनरेटका आधारमा एपिएफ सेमिफाइनल पुग्ने समीकरण बनेको हो । पहिलो खेलमा एपिएफलाई हराएर शानदार सुरुवात गरेको गण्डकीले दोस्रो खेलको नतिजा लुम्बिनीलाई सुम्पियो । लुम्बिनीले गण्डकीलाई पाँच रनले हरायो । सुरुवाती ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०३ रन बनाएको थियो ।
ध्रुव सुनार र नर सार्कीले समान २३ रन बनाएको लुम्बिनीको इनिङ्समा भरत भण्डारीले १६ र मिर्नाल गुरुङले ११ रन जोड्नुभएको थियो । गण्डकीका अमृत गुरुङले ३, चन्द्र पौडेलले २ तथा विपिन खत्री, सुदीप अर्याल र दिनेश बुढामगरले समान एक–एक विकेट लिनुभयो । पोखरा क्रिकेट रंगशालामा १०४ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली सात बल बाँकी छँदै ९८ रनमा समेटियो । तल्लो क्रमका ब्याट्सम्यान सुदीप अर्यालले ३५ रन बनाउनुबाहेक अन्य कुनै खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सक्नुभएन ।
लुम्बिनीका एमडी हुसेनले ४, अजय लुनियाले ३, रमेश कुर्मीले २ तथा अभिषेक गौतमले १ विकेट लिनुभयो । लुम्बिनीले गण्डकीलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबका कुशल भुर्तेलले शतक प्रहार गर्नुभएको छ । आइतबार मधेश प्रदेशविरुद्धको खेलमा कुशलले शतक प्रहार गर्नुभएको हो । पुलिस क्लबबाट ओपनिङ ब्याट्सम्यानका रूपमा आउनुभएका कुशलले १०२ रनको शानदार इनिङ्स खेल्नुभयो । उहाँले ५७ बलमा ८ चौका र ७ छक्काको मद्दतले शतक प्रहार गर्नुभएको हो ।
पोखरामा जारी प्रतियोगितामा कुशलले पहिलो शतक प्रहार गर्नुभएको हो । कुशलको १०२ रनको इनिङ्स र सुनिल धमलाको ४५ रनको मद्दतले पुलिस क्लबले मधेश प्रदेशलाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पुलिसका लागि करण केसीले अविजित १६ रन बनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच