जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त बैठक सुरु

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । बैठक तीन दिनसम्म चल्नेछ ।

महोत्तरीको जलेश्वरमा सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिकोसमेत सहभागिता रहेको छ ।

बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने पार्टी महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?