काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)ले कोरियाबाट भर्खरै ल्याएको हाइड्रोजन कार यही महिनादेखि सञ्चालनमा आउने भएको छ । मंसिर मसान्तसम्म हाइड्रोजन फ्युल स्टेसन सञ्चालनमा आउने र त्यसपछि नेपालमा पहिलोपटक हाइड्रोजन फ्युल सेलमा आधारित सवारीसाधन सञ्चालन हुने केयुका उपप्राध्यापक तथा हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापाले बताउनुभएको छ । थापाका अनुसार हाइड्रोजन गाडी नेपाल भित्रिए पनि कानुन अभावका कारण दर्ता भने हुन नसक्ने भएको छ । हाइड्रोजन गाडी ल्याउनुको प्रमुख उद्देश्य विश्वविद्यालयले तयार गरेको फ्युल स्टेसनको अनुसन्धान गर्नु रहेको उहाँको भनाइ छ । हाइड्रोजन गाडीको ‘डेमोस्ट्रेसन’ले हाइड्रोजन उपयोग र महत्वबारे थप प्रष्ट पार्न सहयोग पुग्ने थापाको विश्वास छ ।
हालसम्म केयुको ल्याबले पेट्रोल गाडीलाई विद्युतीय बनाउनेदेखि नेपालमै उत्पादित हाइड्रोजन इन्धनबाट खाना पकाएर देखाएको छ । ल्याबमा पाँचजना विद्यावारिधिसहित २२ अनुसन्धानकर्ताले काम गर्दै आएका छन् । पानीलाई रासायनिक प्रतिक्रियामार्फत् टुक्र्याएपछि हाइड्रोजन र अक्सिजन बन्छ । नौ लिटर पानीलाई रासायनिक प्रतिक्रियाबाट टुक्र्याउँदा एक केजी हाइड्रोजन उत्पादन हुने बताइएको छ ।
एक केजी हाइड्रोजन उत्पादन गर्न दुई सय ५० देखि तीन सय रुपैयाँसम्मको विद्युत् खर्च हुने तथा पावर प्लान्टमा गरिने लगानी र प्रशासनिक खर्चलगायत आधारमा नेपालमा एक केजी हाइड्रोजनको लागत पाँच सय रुपैयाँ पर्ने अनुसन्धानकर्ताको अनुमान छ ।
तर, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले नेपालमा १.५ देखि १.७५ युरो अर्थात् प्रतिकेजी दुई सय रुपैयाँमा हाइड्रोजन उत्पादन सम्भव रहेको देखाएका छन् । जुन विश्वका अन्य देशको तुलनामा सबैभन्दा सस्तो हो । हाइड्रोजनले यात्रुवाहक सवारीसाधनमा प्रतिकेजी दुई सय किलोमिटरभन्दा बढी माइलेज दिने बताइन्छ । केयुले ल्याएको उक्त गाडी ६.५ केजी हाइड्रोजन फ्युल क्षमताको छ । जसबाट करिब एक हजार दुई सय किलोमिटरको यात्रा गर्न सकिन्छ । केयुले हाइड्रोजनमै आधारित रहेर बन्ने मिथेन र एमोनिया ग्याँसबारे समेत अध्ययन गरिरहेको छ । पेरिस सम्झौताले सन् २०५० सम्ममा सबै सदस्य राष्ट्रले कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्ने घोषणा गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच