म्याग्दीमा जीप दुर्घटना : चालकसहित पाँच जना घाइते

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । म्याग्दीमा सोमबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।

जिल्लाको मङ्गला गाउँपालिकाको ३ बरंजाबाट बेनीतर्फ आउँदैगरेको ग १ ज ८०४२ नम्बरको बोलेरो जीप सोमबार (आज) दिउँसो बेनी नगरपालिका ६ को डम्मरामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मङ्गला गाउँपालिका–३ बरंजाकी २४ वर्षीया इन्दु तुलाचन, ४६ वर्षीय कर्णबहादुर रोका, शेरबहादुर दमाई, मङ्गला गाउँपालिका–४ की ६० वर्षीया मनकुमारी रोका र बेनी नगरपालिका–७ का ५२ वर्षीय प्रकाश बानियाँ घाइते भएको बेनी अस्पतालका मेडिकल अधिकृत डा.गोविन्द पोखरेलले जानकारी दिनुभयो ।

गाडी दुर्घटना भएको जानकारी पाउनासाथ स्थानीय तथा सुरक्षा निकायको सक्रियतामा उद्धार गरी उपचारका लागि बेनी अस्पतालमा ल्याइएको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाडी दुर्घटना भएको स्थल र गाडी पुगेको ठाउँ हेर्दा निकै भयावह दुर्घटना भएको भए पनि क्षति धेरै भएको छैन ।”

गाडीको स्टेरीङ फ्लेभएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको भए पनि कारण खुल्न भने नसकेको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका इन्चार्ज राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?