चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत भेटिए

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । घरबाट बेपत्ता भएको चार दिनपछि एक पुरुषको शव फेला परेको छ । शव फेला पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्वर ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय अंग फडेराको रहेको छ । फडेरा घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाई छ ।

सामुदायिक स्वास्थ्य इकाई उनापानीमा कार्यरत अहेव समेत रहनुभएका फडेरा गत शुक्रबारदेखि बेपत्ता भएको भन्दै आफन्तले खोजी कार्य तीव्र गरेपछि सोमबार दिउँसो साँढे २ बजे घाँटीमा गम्भीर चोट लागेर मृत अवस्थामा फेला परेका हुन् । मृतक फडेरा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका थिए ।

घटना के कति कारणले भयो ? सोको जानकारी भने अझैँ आउन सकेको छैन । घटनाको थप विवरण बुझ्न र प्रहरी मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली त्यहाँ पुगेको प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले बताउनुभयो ।

प्रहरी मुचुल्कापछि आज मङगलबार बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शवको पोष्टमार्टम गर्न लैजाने भएको प्रनाउ खनालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?