काबुल । इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्काशन गरेको छ । खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ ‘अवैध’ अफगान आप्रवासीहरूलाई इरानबाट निष्काशन गरिएको बताउनुभएको छ । खामा प्रेसले उल्लेख गरे अनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले ‘अवैध’ आप्रवासीलाई निष्काशन गरिनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले ‘गैरकानुनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानुनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकलाई पक्राउ गरी निष्काशन गरिने’ बताउनु भएको छ । पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्काशन गर्ने प्रक्रियाले तीव्रता पाएको छ ।
हालै इरानका आन्तरिक मामिला मन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्काशन गरिएको घोषणा गर्नुभएको थियो ।
शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तका अनुसार इरानमा बसोवास गर्ने जनसंख्याको ६ प्रतिशत अफगानी नागरिक छन् । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच