आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मंगलबार राजीनामा दिनुभएको हो ।

उहाँले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाउनु भएको हो ।

दुई वर्षअघि मन्त्रिपरिषद् बैठकले उहाँलाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

उहाँ २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रुपमा नियुक्ती लिनुभएको थियो। ३ वर्षको लागि नियुक्त हुनुभएका थानीले कार्यकाल बाँकी हुँदै राजीनामा दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?