
काठमाडौं । आगामी पुस ५ गतेदेखि काठमाडौंको भृृकुटीमण्डपमा नेपाल फाइभ पी अर्थात् प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ मेला हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले विगत वर्ष जस्तै यस वर्ष पनि चौथो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ५ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने भएको हो ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका एक सय ५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार नेपाल फाइभ पी नेपालभरि रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने व्यापार व्यवसायलाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी, नवीनतम् प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एकमात्र उद्योग–व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो ।
प्रदर्शनीमार्फत् पाँच विधामा सञ्चालन भएका उद्योग र व्यापारलाई निर्यातका नयाँ अवसर, नवीनतम् प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने बताइएको छ । प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादक, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेयर पाटर््स, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्ट्स, प्याकेजिङ मेसिनरी, लेबल उत्पादकलगायतका संस्थाका कम्पनीको सहभागिता रहने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच