यज्ञराज जोशी/हिटा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वमहासचिव इन्द्रमान तुलाधरले अध्यक्ष पंकजविक्रम नेम्वाङका पक्षमा खुल्नुभएको छ । यसअघि नेम्वाङलाई नै अविश्वासको प्रस्ताव दर्ता गराउन महत्वपूर्ण भूमिका खेल्नुभएका तुलाधरले शनिबार पत्रकार सम्मेलनमार्फत् नेम्वाङ समूहसँग मिलेर जाने घोषणा गर्नुभएको हो । एन्फा मुख्यालय सातदोबाटोमा शनिबार वर्तमान महासचिव किरण राईका साथमा उपस्थित तुलाधरले नेम्वाङ नेतृत्वको निर्वाचित कार्यसमितिलाई सहयोग गरेर जाने बताउनुभएको हो ।
‘एक वर्षसम्म प्रतीक्षा गर्यौँ । हटाउने वैधानिक प्रयास पनि गर्यौँ, सकेनौँ । अब मिलेर जानुपर्छ भन्ने हो,’ तुलाधरले भन्नुभयो, ‘आफंैले नेतृत्वबाट कोसिस गरेको हुँ तर सकिनँ । अब फलो गर्छु । कि लिड गर्नुपर्यो, कि फलो गर्नुपर्यो । नत्र आउट हुनुपर्यो ।’
गत भदौमा हेटौँडामा भएको एन्फाको विशेष महाधिवेशनअघि अध्यक्ष नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गर्नेमध्येका प्रमुख व्यक्तिसमेत रहनुभएका तुलाधरले आगामी दिनमा अध्यक्ष नेम्वाङसँगको सहकार्य दीर्घकालीन हुन सक्ने संकेतसमेत गर्नुभएको छ ।
ए डिभिजन क्लब संकटाका अध्यक्षसमेत रहनुभएका तुलाधरले पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पासँग मिलेर उक्त प्रस्ताव दर्ता गराउनुभएको थियो । तर, विशेष महाधिवेशनमा भने तुलाधरले नेम्वाङलाई नै साथ दिनुभयो । उहाँकै सहयोगमा नेम्वाङले झण्डै दुई तिहाइ विश्वासको मत प्राप्त गर्दै आफ्नो पद जोगाउनुभएको थियो । आफैंले अविश्वासको प्रस्ताव दर्ता गराउनुभएका तुलाधरले अधिवेशनमा भने मतदान बहिष्कार गर्नुभएको थियो ।
तुलाधरलाई एन्फाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने आश्वासनसहित नेम्वाङले आफ्नो पक्षमा पारेको एन्फा स्रोत बताउँछ । त्यस विषयमा तुलाधरले पनि अस्वीकार गर्नुभएको छैन । ‘भूमिकाबिना त काम गर्न गाह्रो हुन्छ,’ उहाँले भन्नुभयो, ‘म फुटबलमा काम गर्न रमाउने मान्छे हो । जुनसुकै भूमिकामा पनि फुटबलको विकासका लागि योगदान दिन सक्छु ।’
उहाँले हेटौँडा महाधिवेशनमा मतदान गर्ने विषयमा कर्माछिरिङ शेर्पा नेतृत्वको समूहसँग विवाद भएका कारण आफूहरूले मतदान बहिष्कार गरेको बताउनुभयो । उहाँले शेर्पा समूहले आफूहरूको सल्लाहबिनै अदालत, अख्तियार गएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा एन्फा महासचिव राईसँग एन्फा प्रवक्ता गणेश शाह पनि उपस्थित हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच