एजेन्सी । हलिउड अभिनेता विन डिजेलविरुद्ध यौन दुव्र्यवहारको आरोप लागेको छ । उनकी एक पूर्वनिजी सहायकले सन् २०१० मा ‘फाष्ट फाइभ’को छायांकनको क्रममा विनले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै उजुरी दिएकी हुन् । तर, अभिनेताका वकिल मार्क सिन्क्लेयरले डिजेलले उक्त दाबीलाई पूर्णरूपमा अस्वीकार गरेको बताएका छन् । एस्टा जोनासन नामक गरेकी ती महिलाले विनले भित्तामा अडेस लगाएर आफूमाथि यौन क्रियाकलाप गरेको आरोप लगाएकी छन् ।
उक्त घटनाको केही घण्टापछि अभिनेता डिजेलको कम्पनीले ती सहायकलाई गलत गरिकाले कम्पनीबाट निष्काशन गरेको समेत उनको आरोप छ । लस एन्जलसमा दायर गरिएको जोनासनको मुद्दामा उक्त घटना चलचित्र ‘फास्ट फाइभ’को छायांकनको क्रममा एटलान्टाको सेन्ट रेजिस होटलमा भएको दाबी गरिएको छ । ती सहायकले अभिनेता डिजेलकी बहिनी र उनको कम्पनी वान रेस फिल्म्सविरुद्ध पनि मुद्दा दायर गरेकी छन् ।
उक्त उजुरीमा विन डिजेलले आफ्नो यौनइच्छा पूरा नभएपछि ती सहायकलाई निष्काशन गरेको आरोप लगाइएको छ । फाष्ट एन्ड फ्युरियस फ्रेन्चाइज बाहेक विन डिजेल गार्डियन्स अफ द ग्यालेक्सी, एक्सएक्सएक्स र रिडिकलगायत परिचित छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच