भोजपुर । इच्छा शक्ति देखाउनु भएका कृष्ण बहादुर राईले भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा रहेको एक विद्यालयमा भवन निर्माण गरि दिनु भएको छ ।
पौवादुङ्मा गाउँपालिका वडा नम्वर २, थर्पूमा रहेको सितलादेवी आधारभुत विद्यालयका लागि एक करोड ३९ लाख व्यक्तिगत लगानीमा राईले भवन निर्माण गरि दिनु भएको हो । स्थानीयवासी राईले विद्यालयको नयाँ छ कोठे भवन निर्माण गरि हस्तान्तरण गर्नु भएको छ ।
पूर्व ब्रिटिश आर्मी राईले विद्यालयको भौतिक संरचना जीर्ण देखेकाले आफनै ठाउँमा केही गरौँ भन्ने भावनाका साथ विद्यालय निर्माण गरेको बताउनुभयो । राईले भन्नुभयो, “मैले स्वास्थ्य संस्था बनाउने मनासय राखेको थिए तर हेल्थपोष्ट यस अघिनै बनि सकेको रहेछ त्यसपछि विद्यालयको भवन जीर्र्ण देखे त्यसैले भवन निर्माण गरेको हुँ ।” भवन निर्माणले बिद्यालयको शैक्षिक गुणस्तरमा समेत टेवा पुग्छ ।
उमेरले ७० वर्ष पुग्नु भएका राईले भवन मात्र नभई विद्याथी खेल्ने ठाउँ समेत बनाई दिनु भएकोछ । गाउँपालिकाका अध्यक्ष किरण राईले आफु जन्मे हुर्केको ठाउँमा कृष्ण बहादुरले गर्नु भएको काम प्रशंसायोग्य भएको बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “गाउँको विकास गर्नु पर्छ भन्ने भावनका साथ कृष्णबहादुर राईले विद्यालयमा पक्की भवन निर्माण गरी ऐतिहासिक काम गर्नु भएको छ ।”
विद्यालयमा छ कोठे पक्की भवन र विद्यालयको खेलमैदानमा नै खेल्ने सामग्री पाउँदा विद्यार्थीहरुसमेत दंग भएका छन् । बसाईसराई, जन्मान्तर लगायतका कारण हरेक वर्ष विद्यार्थी घट्दै गएको अवस्थामा गुणस्तरीय शिक्षाका लागि बनेको भवनले मद्दत गर्ने विद्यालयका प्रधानाध्यापक चन्द्र बोगटीले बताउनुभयो ।
नवनिर्मित भवनको पञ्चकन्या सहित निर्माणकर्ता कृष्णबहादुर र गाउँपालिकाका अध्यक्ष राईले उदघाटन गर्नु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच