![कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/rpp-preess-meet.jpg)
काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको व्यवस्थापन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री कार्यालयको दरबन्दीमा व्यापक कटौती गरिएकाले त्यहाँ रहेकाहरु अन्यत्र जाने सरकारकी प्रवक्ता रेखा शर्माले बताउनु भयो ।
‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ। प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरु अब अन्यन्त्र कामकाजमा जानुहुन्छ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो। त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो। हामी विस्तार गरेर जान्छौं।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा सम्बोधनका क्रममा सरकारको काम गर्ने तरिका बदल्ने भनेको भन्दै मन्त्री शर्माले त्यो काम प्रधानमन्त्री कार्यालयबाटै सुरु भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच