रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिकामा आठ वर्षीया बालिकाको हत्या भएको अवस्थामा सव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मर्चवारी गाउँपालिका वडा नं. १ पचुवालीमा बालिकाको शव फेला परेको हो।
शुक्रवार साँझ ५ बजेतिर घरबाहिर खेलिरहेकी बालिका साँझ अवेरसम्म घर नफर्किएपछि परिवारले राती १० बजेतिर प्रहरीलाई खबर गरेको थियो।
खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय मर्चवारको टोलीले खोजि गर्दै जाँदा वडा नं. १ स्थित खोल्साको पानीमा घोप्टो परेको अवस्थामा बालिकाको सव फेला परेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर विकका अनुसार बालिकाको हत्या गरेको आरोपमा मर्चवारी गाउँपालिका वडा नं. १ महाराजगञ्ज बस्ने ३२ वर्षीय अकबर अली पक्राउ परेका छन्।
प्रहरीले अलीलाई शुक्रवार राति साढे १० बजेतिरै पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर भट्टले बालिका हराएको खबर पाएपछि खोजी गर्ने क्रममा एकजनाले साईकलमा राखेर लैजाँदै गरेको सूचना पाएपछि सोधपुछ गर्दै जाँदा अलीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका अलीले बालिकालाई साईकलमा लिएर खोलामा लगेर हत्या गरेको बताएपछि उनैको सहयोगमा घटनास्थल र सव फेला पारिएको प्रहरी नायब उपरिक्षक भट्टले जानकारी दिनुभयो ।
बालिकाको शवलाई विहान पौने ४ बजेतिर घटनास्थलमा फेला पारिएको र पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको र पक्राउ परेका अलीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरिक्षक भट्टका अनुसार बालिकाको सव हिलोसहितको खोल्सामा घोप्टो परेको अवस्थामा फेला परेको र सवको प्रकृति हेर्दा हिलोमा टाउको घोप्टो पारेर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।
अहिले बालिकाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएकोले हत्या हुनुभन्दा पहिले बलात्कार भएन/भएकोबारे भन्न नसकिने प्रहरीले प्रहरी नायब उपरिक्षक भट्टले बताउनु भयो। घटनास्थल बालिकाको घरदेखि सवा दुई किलोमिटर दक्षिणतर्फ रहेको छ।
पाँच वर्षअघि १० साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको यस्तै प्रकृतिले हत्या भएको थियो । सो घटनाको दोषी भने अझै पत्ता लाग्न सकेको छैन ।
साउन १० गते दिउँसोको समयमा साथी रोशनीको घरमा गृहकार्य गर्छु भन्दै गएकी निर्मला घर फर्किनन् । अबेर साँझसम्म पनि घर नफर्किएपछि उनको खोजी सुरु भयो । भोलिपल्ट बिहान भीमदत्त नगरपालिका १८ र २ को सीमा नजिकैको उखुबारीमा उनी मृत भेटिएकी थिइन् । शवको प्रकृति र शव परीक्षण रिर्पोटपछि उनको बलात्कारपछि हत्या गरिएको खुलेको थियो ।
अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको निर्मला हत्या प्रकरण नेपाल प्रहरीको इतिहासमै सबैभन्दा धेरै प्राथमिकतामा परेको पहिलो घटना भएपनि हालसम्म हत्यारा पत्ता नलाग्ने आफैंमा निन्दनीय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच