जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडोले बन्द भएकाछन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुस महिनाको पहिलो सातादेखी फागुन महिनासम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी थप अध्ययान गर्नका लागि जुम्ला सदरमुकाम खलंगा बजार लगायत सुर्खेत गएको चन्दननाथ माध्यमिक जिद्यालय कक्ष ११ का अध्यनरत विद्यार्थी विष्ण बुढाले बताउनुभयो । जाडोले विद्यालय बन्द भएपछि सदरमुकाम खलंगा बजारमा कक्ष ११ को अंग्रेजी विषयको ट्यूसन पढ्ने गरेको पातारासी गाउँपालिका-२ का विद्यार्थी विशाल ऐडीको भनाइ छ ।

चिसोले पुस महिनादेखी सामुदायिक विद्यालय बन्द भएका छन् । फागुन महिनाको १ गतेबाट विद्यालयमा पढाई हुने भएको छ । विदामा बसेका सबै शिक्षकलाई माघ महिनाको अन्तिम साता भित्र आ-आफ्नो विद्यालयमा फर्किन भनिएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

चिसोले यहाँका स्थानीय तहले विद्यालय बन्द गरेपछि जिल्ला बाहिरका शिक्षक घर फर्केन थालेकाछन् । कतिपय शिक्षकले बजारमा ट्यूसन पढाउन थालेको तिला गाउँपालिका-१ म रहेको सीता माध्यमिक विद्यालयका शिक्षक सुनम बुढाले बताउनुभयो ।

जुम्लालगायत माथिल्लो कर्णालीका मुगु,डोल्पा र हुम्लाका सामुदायिक विद्यालय जाडोले बन्द भएकाछन् । सरकारले गतवर्षदेखी हिमाली जिल्लामा समेत नयाँ शैक्षिकसत्र बैशाख बाट संचालन गर्ने निर्णय गरेको थियो ।

कर्णाली प्राविधिक शिक्षालय जुम्लाले उच्च हिमाली भेगमा बढेको चिसोले जनजीवन कष्टकर र पठनपाठन गर्न गराउने कठिनाई भएकोले सम्पुर्ण संकायमा अध्ययनरत प्रशिक्षार्थीहरुको पुस १५ देखी फागुन महिनाको २ गतेसम्म हिउँदे विदा गरिएको शिक्षालय प्रमुख टेकेन्द्र बहादुर थापाले जानकारी दिनुभयो । अहिले जिल्लाको तापक्रमको दिनहुँ माइनसमा जाने गरेको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?