धनगढी । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीले अछामलाई पराजित गरेको छ । बैतडीले अछामलाई ९८ रनले हराएको हो । बैतडीको लगातार यो दोस्रो जित हो । उसले यसअघि पहिलो खेलमा बझाङलाई १८१ रनले पराजित गरेको थियो ।
निर्धारित ५० ओभरको खेल हुस्सुका कारण ४० ओभरमा झारिएको थियो । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले ३८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर २१३ रन बनायो । जितका लागि पाएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा अछामको पारी २८ दशमलव पाँच ओभरमा ११५ रनमै समटियो ।
बैतडीका लागि नरेन भट्टले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ५२ रनको योगदान दिनुभयो । भट्ट खेलको म्यान अफ दी म्याच समेत चुनिनुभयो । यस्तै, खडक बोहराले ३४, वसन्त खत्रीले २७, नरेश चन्दले २२, सुदीप टमाटाले २२ तथा रिसिकेश बोहराले १६ रन बनाउनुभयो । बलिङतर्फ अछामका रोहित खड्का र अभिषेक चौधरीले तीन/तीन विकेट लिनुभयो ।
यस्तै अछामका लागि ब्याटिङ गर्ने क्रममा महाजन कुँवरले सर्वाधिक २४ रन बनाउनुभयो । बलिङतर्फ बैतडीका लागि गजेन्द्र बोहराले तीन तथा भूपेन्द्र चन्द, रिसिकेश बोहरा र वसन्त खत्रीले दुई/दुई विकेट लिनुभयो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा यही पुस १४ गतेदेखि सुरु भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच