काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभासदस्य निर्वाचनका लागिउम्मेदवारको नाम टुंग्याएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जनाको नाम टुंग्याएको हो ।
कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेशमा आनन्द प्रसाद ढुंगाना, बागमतीमा बिष्णुदेवी पुडासैनी र जीतजंग बस्नेतलाई उम्मेदवार बनाउने कांग्र्रेसले निर्णय गरेको छ ।
त्यस्तै गण्डकीमा पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ, लुम्बिनीमा बिष्णुदेवी सापकोटा, कर्णालीमा कृष्ण रोकाया र सुदुरपश्चिममा नारायण दत्त भटट र बलदेव बोहरालाई कांग्रेसले उम्मेदवार तोकेको छ । परियार, श्रेष्ठ र सापकोटा शेखर कोइराला पक्षका हुन् ।
आइतबार दिउँसोदेखि बसेको कांग्रेस बैठकले मध्यरातमा उम्मेदवारको टुंगो लगाएको हो । पार्टी निर्णयमा महामन्त्री गगन थापाले भने लिखितरुपमा फरक मत राखेका छन्।
राष्ट्रिय सभामा रिक्त हुन लागेका २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । भने एक जना मनोनित हुनेछन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ ।सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।
यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच