हिउँको पर्खाइमा हिमाल, खडेरीको चिन्तामा हुम्लाका किसान

हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने समय हिउँद याममा हिमपात नहुँदा नांगिएका हिमाल । तस्विरः दाने बोहरा/हिटा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 10 mins

हुम्ला । हिउँले सेताम्य देखिने यो समय हुम्लाका विभिन्न हिमाल सुख्खा देखिएका छन् । पुस महिनाको अन्तिम हुँदा पनि हिमपात नहुँदा हिउँको पर्खाइमा चाङ्ला, रलिङ्ग, सैपाल, पञ्चमुखीलगायत उच्च स्थानमा रहेका हिमाल हिउँको पर्खाइमा छन् । भने खडेरी हुने होकी भन्ने चिन्तामा हुम्लाका किसान छन् । यो समय हिमपात हुनुका साथै किसान खुसी हुने हो । यो वर्ष जिल्लामा दुई पटक मात्रै हिमपात भएको छ । त्यस खासै किसानका लागि खुसी भने गराएको छैन् ।

जिल्लामा हिउँद याममा हिमपात नहुँदा चिसो बढेको छ । हुम्लाको आकाशमाक केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन् । चार,पाँच दिनसम्म आकाशमा बादल मडारिने गरेपनि हिमपात हुन नसकेको हो । मङ्सिर पुस र माघ महिनामा अत्याधिक हिमपात हुने भएपनि यो वर्ष मङ्सिर र पुस दुई महिनासम्म हिमपात हुन सकिरहेको छैन् । यो समय जिल्लामा हिमपात भएर सेताम्य हुने भएपनि उराठ लाग्दो देखिएको छ ।

सिमकोट गाउँपालिका-३ का स्थानीय पेमा लामाले भन्नुभयो, यतिबेला हिउँले जताजतै सेत्याम्ये देखिन्थ्यो, हिउँमा बालबालिकादेखि युवायुवतीहरु रमाउने गर्थे तर यो वर्ष त्यसो हुन् सकेन् । पुस महिनाको अन्तिम तिर आइसक्यो एक हप्तामा माघ लाग्दैछ ।” बढी हिमपात हुने महिना हिउँ परेन् अब माघ फाल्गुनमा के हुने हो थाहा नभएको लामाको भनाई थियो ।

यस वर्षको हिउँद याममा हिमपात र वर्षा दुबै नहुँदा विशेष गरी किसान चिन्तित बन्न थालेका छन् । हुम्लामा वर्षेनी मङ्सिर, पुस र माघ महिनामा भारी हिमपात हुने गरे पनि यो वर्ष किसानले सोचे अनुसार हिमपात हुन नसके जेठासीबालीमा खडेरी हुने चिन्तामा रहेको सिमकोट गाउँपालिका-२ ठेहेका गौगोरा बोहराले गुनासो गर्नुभयो ।

किसान बोहराले भन्नुभयो, “जाडो मौसममा भारी हिमपात नभएका कारण जिल्लामा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ ।” विगतका वर्षहरुमा कात्तिक महिना खेखि फागुन महिनासम्म हिमपात हुनुका साथै किसानलाई राहत हुन्थ्यो ।” यो वर्ष मङ्सिरमा दुई पटक मात्रै हिमपात भयो । त्यस यता हिमपात नभएर यहाँको जमिन, सुख्खा देखिदैँ गएका छन् । भने हिउँदको समयमा हिउँ नपर्नुले सेताम्य हिमाल काला पत्थरमा परिणत हुनथालेका छन् ।

जलवायु परिवर्तनमा आएको असर हुम्लामा समेत परेको छ । जिल्लाको मौसममा कहिले आकाशमा बादल देखिएपनि हिउँ पर्छ कि भनेर यहाँका किसानले आशा राखेपनि केही समयपछि बादल आकाशमै हराउने गरेको खार्पुनाथ गाउँपालिका-५ दुर्पा गाउँका गोर्ख रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, हुम्लामा दुई-तीन वर्ष यतादेखि दश वर्ष पहिलाको जस्तो सोचेअनुसारको हिमपात भएको छैन् ।” यो पुस महिनाको समय सिमकोट, खार्पुना, नाम्खा, सर्केगाड र चंखेली गाउँपालिकाका उच्च स्थान हिउँले ढाकेर सेताम्ये देखिन्थे तर केही वर्षयता देखिन सकेका छैनन् ।

यो समयको हिउँद याममा भारी हिमपात भएर किसान उत्हासीत हुनुका साथै पुसको हिउँ सिला, माघ हिउँ विला, फागुनको हिउँ टिला भनेर किसान उख्खान समेत भन्ने गर्थे । पुस हिउँ सिला, माघ हिउँ बिला भन्ने स्थानीयको उख्खान जस्तै माघमा परेको हिउँ विलाउदै जाने गर्छ । पुसमा परेको हिउँ जमेर बस्छ भने यो फागुनमा परेको हिउँ टिलाफिला भएर जान्छ । हिउँ नपर्दा गाउँघरमा बुढापाखाले यो कलियुग आएको भन्ने गरेको रोकायाले बताउनुभयो ।” जिल्लामा भारी हिमपात हुँदा एक गाउँबाट अर्को गाउँसम्म पुग्न समस्या बनाउथ्यो भने अत्याकि चिसाले जनजिवन कष्टकर बनाउथ्यो रोकायाले भन्नुभयो ।

यो पटक हुम्लाका किसानले सोचे जस्तो हिमपात नहुँदा जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई असर गर्छ भनेर कृषक चिन्तित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा कृषक चिन्तीत बनेका छन् । गर्त वर्ष ढिलो गरी हिमपात र वर्षा भएकाले यो वर्षपनि ढिलो गरी हुन सक्छ कि भन्ने आशामा किसान छन् ।

जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खानेमा कृषक चिन्ति रहेको सर्केगाड गाउँपालिका-६ बराई गाउँका मानबहादुर ऐडीले बताउनुभयो । आवश्यक पर्ने हिउँ र वर्षा नभएपछि खेतमा लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएको ऐडीले बताउनुभयो । खेतमा गौ,जौ र उवा लगाए पनि हिउँ नपर्दा खेतमा लगाएको बाली खेर जानेमा डर भएको छ ।

ऐडीले भन्नुभयो, “हुम्लामा दश वर्षअघि जस्तो हिउँ अचेल परेको छैन । मङ्सिर महिनामा दुई पटक पातलो हिउँ पर्यो, केही समयमै बिलायो ।” पछिल्लो जिल्लामा समय हिउँ परे पनि फासफुस मात्र पर्छ, जमिन बेस्सरी भिजाउँने गरेर हिउँ नपरेको उहाँको भनाई थियो । दर्के झरी पनि पर्न छोडेको ऐडीले बताउनुभयो ।” पुसमा जति बाक्लो हिउँ पर्यो, हिउँदे बाली उति राम्रो हुन्थ्यो तर यो परेको छैन् । हिउँदमा हिउँ बेस्सरी परेर बाली राम्रो भएको वर्ष जेठासीको उत्पादनले चार, पाँच महिना मुस्किलले खान पुग्ने गरेको उहाँको भनाई छ । हिउँदको महिना हिउँ नपर्दा जेठासी बालीका लागि खेतबारीमा सिँचाइको व्यवस्था नहुँदा खडेरीको समस्या निम्तिएको हो ।

हिमाली जिल्ला हुम्ला मात्रै नभएर कर्णाली प्रदेशका साविकका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाका उच्च भेगमा हिमपात नहुँदा कृषक चिन्तित बनेका छन् ।

चिसो बढ्यो हिमपात भएन

हिमपात नभएपनि बेला बेला मौसम बदली हुँदा चिसो केही दिन यता दाँत नै कटकटाउने चिसो बड्नुका साथै तापक्रम माइनसमा झरेको छ । सदरमुकाम सिमकोटको तापक्रम विहान बेलुका माइनस ९ देखि १० डिग्री सम्म पुग्ने गरेको छ । उत्तरी नाम्खा गाउँपालिकामा झन बढी चिसो हुने हुँदा यहाँको लिमिको तिल, जाङ र हल्जि गाउँका नागरीकलाई चिसोले सताउने गरेको छ । भने चीनको सिमानाका हिल्सामा समेत चिसो अत्याधिक हुने गर्छ ।

हुम्लामा दुई महिना यता होचो स्थानमा वर्षा नहुँदा हालसम्म हिमपात हुन नसकेको हो । तर जिल्लामा हिमपात नभएपनि सदरमुकाममा चिसो धेरै बढेको छ । हिमपात हुँदा तातो हुने भएपनि बादल मात्रै लाग्दा त्यसको असर हप्तादिनसम्म हुनुका साथै चिसो गराउने गरेको उहाँको भनाई थियो ।

हिमपात नहुँदा धुलोले सताउने गरेको छ । भने जसका कारण विभिन्न रोग फैन सक्ने अवस्था रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । उच्च क्षेत्रमा हिमपात र होचो स्थानमा पानी नपर्दा रोग फैलन सक्ने सम्भावना भएकाले सचेत हुन जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।

स्थानीयहरुमा चिसो बढेको भन्दा पनि हिमपात नभएको कारण खेतमा लगाइएको हिउँदे बाली चैत, बैशाखमा लगाइने वर्षे बालीलाई समस्या पर्ने हो की भन्ने चिन्ताले बढीले सताउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?