गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाको गाउँसभाको चौधौं अधिवेशन सुरु भएको छ ।
कार्यसूची अनुसार सभाका सदस्य मुकेश थापाले गुल्मीदरबार गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० छलफलका लागि सभामा पेश भएको हो ।
त्यस सभाका सचिव एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले यस गाउँपालिका आर्थिक वर्ष २०८०/०८१ को हाल सम्मको वित्तीय प्रगति जानकारी गराउनुभयो । वित्तीय प्रगति अनुसार आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको कूल बजेट ४६ करोड ५५ लाख ४८ हजार रुपियाँ रहेकोमा हालसम्मको वास्तविक आम्दानी १४ करोड ७२ लाख ५२ हजार ८४५ रुपियाँ रहेको उहाँले बताउनुभयो ।
हालसम्मको कूल खर्च आठ करोड ८२ लाख १६ हजार ४८२ रुपियाँ रहेको छ । जसमध्ये चालु खर्चतर्फ सात करोड ६३ लाख ९५ हजार २९३, र पूँजीगत खर्चतर्फ एक करोड १८ लाख २१ हजार १८९ खर्च भएको जानकारी गराउनुभयो । आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाको कुल बेरुजु चार करोड २८ लाख ३२ हजार २३६ रुपियाँ १० पैसा मात्र भएकोमा आर्थिक वर्ष २०७९/०८० मा तीन करोड ८४ लाख ८५ हजार रुपियाँ ५९५ पैसा ५० फछ्र्यौट भएको बताउनुभयो । असुल गर्नुपर्ने बेरुजु चार लाख ६६ हजार ५८८ रुपियाँ, अनियमित बेरुजु आठ लाख ३४ हजार १५८ रुपियाँ, प्रमाण पेश गर्नुपर्ने बेरुजु ३० लाख ४५ हजार ८९४ रुपियाँ ६० पैसा गरि जम्मा कुल बाँकी बेरुजु ४३ लाख ४७ हजार ६४० रुपियाँ ६० पैसा रहेको प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी गराउनुभयो ।
गाउँसभाको चौधौं अधिवेशनका अध्यक्ष रहनुभएका त्यस गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म गरेका प्रगति जानकारी गराउनुभयो । गाउँपालिकामा अध्यक्ष युवा उद्यम कार्यक्रम सञ्चालन गरि १०० जना युवा उद्यमीहरुलाई स्वरोजगार बनाउने कार्यका लागि हेफर मार्फत छनौट भई सम्झौता गरि कार्यक्रम सञ्चालन गरिएको, नागरिकहरुको न्यूनतम विद्युत महसुल पुस मसान्तसम्मको भुक्तानी गरेको, दीर्घरोगीका लागि निःशुल्क औषधी वितरण गरिएको, मेरी आमा स्वस्थ आमा कार्यक्रम सञ्चालनमा रहेको, सेवा प्रवाहलाई वडास्तरसम्म पुर्याउन एकीकृत घुम्ती शिविर गरिएको बताउनुभयो ।
हालसम्म १७३ वटा योजनाको उपभोक्ता समितिसँग सम्झौता भई कार्यान्वयनमा रहेको, बंगुर प्रवर्द्धन कार्यक्रमका लागि ३० जना कृषकहरुसँग सम्झौता गरिएको, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको हितका लागि प्रत्येक वडाको टोलटोलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको, दलित नागरिकको हितका लागि प्रत्येक वडामा गई ६७ वर्ष देखि ७० वर्ष उमेर समूहका दलित जेष्ठ नागरिकहरुलाई बलाङकेट वितरण गरि सम्मान गरिएको अध्यक्ष थाापले बताउनुभयो ।
यस पालिकाले आर्थिक वर्ष २०८०/०८१ को सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, एकल महिला, विधवा, महिला, पूणर् अपाङ्ग, अति असक्त अपाङ्ग र दलित दलित बालबालिकाहरुको लागि प्रथम त्रैमासिकमा ३ हजार ३३४ जना लाभग्राहीलाई तीन करोड २३ लाख ८३ हजार ५६० रुपियाँ वितरण गरिएको बताउनुभयो ।
त्यस अवसरमा न्यायिक समितिले गरेका कार्य प्रगतिका विषयमा जानकारी गराउनुभएको थियो । गुल्मीदरबार गाउँपालिका न्यायिक समिति समक्ष दर्ता हुन आएका विवादहरुलाई मेलमिलापको माध्यमबाट छिटो, छरितो रुपमा न्यायिक निरुपणका लागि आवश्यक व्यस्था मिलाइएको बताउँदै चालु आर्थिक वर्षमा दर्ता भएका ९ वटा विवादमध्ये १ वटा फछर्यौट भएका समेत सभा समक्ष गाउँपालिका अध्यक्ष थापाले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच