सेयर बजार: आज नेप्से भारी अंकले बृद्धि, सर्वाधिक कारोबार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक भारी अंकले बढेको छ।

नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स २.३८ प्रतिशतले बढेको छ ।

कारोबार रकम पनि आज ८ अर्बभन्दा धेरै पुगेको छ। २ करोड ३३ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६ रुपैयाँको कारबोर भएको छ ।

यो एक वर्ष यताकै सर्वाधिक कारोबार रकम हो । यसअघि २०७९ पुस २६ गते ७ अर्ब ६५ करोडको कारोबार भएको थियो।

कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेको थियो। सोमबार सार्वजनिक बिदा थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। फाइनान्स समूहको उपसूचक ४.७५ प्रतिशतले बढ्यो। यसदिन २१४ स्क्रिप्टको मूल्य बढ्दा ३१ वटाको घट्यो भने २ को मूल्य स्थिर रह्यो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?