.....
कलानिधि दाहाल
लामो समयको बसाइ । अप्ठेरो मान्छे म । अलि हैकमवादी । निकै हठी पनि । आफैँले भनेको होस्-संस्कारको उपज । पुगेको बिरानो ठाउँ । एकतलेभन्दा अर्को तले देखिँदैनन् कतै घरहरू । घरभित्र कोठाचोटा सबै छन् । घरधनी त हुने नै भए । भाडा बस्नेहरू पनि छन्– यसमा चाहिँ नेपालकै जस्तो । यता धेरै तले । उता एक तलेमात्र । त्यस परिधिभित्र बहुतले कतै कहीँ कसै गरी पाइँदैनन् ।
यता अर्थात् नेपालमा ढोका हुन्छन्, ढोका उता पनि छन् । यता भित्रबाहिर दुवैतिरबाट ढोका बन्द गर्ने चलन छ त्यसैअनुसार बनेका पनि छन् । उता सबैथोक छन् तर दुवैतिर खुल्ला । विवेकमात्र साँचो बन्दोरहेछ-एक आश्चर्य । आन्तरिक अवस्था बुझाइ एक अनुपम अन्तरमनोसंवादमा रमाउँदा म अलि घोप्टेजस्तो, अनौठोजस्तो, कतै चोला नै फेरिएजस्तो आफैँभित्र एउटा कौतुहल । अपार उत्सुकता तर निकै मौन । मौनभित्र पनि एउटा अगाध खुशीको सागर छचल्किदो रहेछ-सम्म ठाउँको प्रशान्तजस्तै मौन ! मौन !! मौन !!! यो मौनता मेरो स्वभावको लागि अमिल्दो गुण हो ।
बर्खा पानी बेजोड नेपालमा, जाडो शून्य । उता पानी शून्य, गर्मी गर्मी अचाक्ली मानौँ मरूमय संसार । समयफेरको वातावरणमा आफूलाई सन्तुलित राख्न मुस्किलको मौसमसँग जुध्दै जीवनको मस्तीमा एकतमास हराउनु सिवाय अपरिचित मुलुकको बादलभित्र परिचित मुस्कान ।
दुई कोठा भाडामा । अर्को पनि लाग्ने तर हामीले ओगटेपछि त्यो हुन पाएन । नेपाली अनुहार नै दुवै कोठामा देखेर अन्तरमुखी बन्दै गएको मन बिस्तारै बाहिरिन्छ । दुई कोठाका तीन मित्रहरू झापाका, खुल्दै गए प्रसंग । संवादका लामहरू । बिहेका जन्तीजस्तै लामबद्घ भए । प्रज्वल चापागाईं त्यस समयसम्म एक्लै । सानो कोठा ठिक्क एकजनाका लागिमात्र । अन्तरमुखी उनी जन्मजात । कसैले थाहा नपाउने भित्री स्वभाव । चोरले चोर चिनेझैँ, साधुले सज्जन बुझेझैँ म चुरोटभोगी, उनी पनि उस्तै रहेछन् तर झट्ट थाहा नहुने । अर्को आश्चर्य घरभित्र तान्न नपाइने, तानेर कसैले सुटुक्क खबर सम्प्रेषण गरेमा कोठरीको बास, कसका बाबुको हिम्मत ।
इशारै इशाराले उनी र म बाहिरिन्थ्यौँ र मजा लिन्थ्यौँ खुकुरीको । उनीसँग त्यहीँको अझ कडा । आनन्द वा ! स्वाट्ट तान्दाको आनन्द तर असाध्य चिसो बाहिर निस्कँदै धामीझैँ काँप्नुपर्ने । मौसम अजीव उल्टो । जेठको महिना, यता भएको भए प्रचण्ड गर्मीले रापिनुपर्ने, चिसो पानीको खोजमा तापिनुपर्ने । ठीकविपरीत उता सिरकमाथि सिरक ओछ्यानमा । ताता भुवादार कपडामाथि कपडा शरीरमा तैपनि कम्पन, ठुक्ठुकाउँदो ठिही । बेजोड हुरीको प्रताडना सरकारले पल्पल सूचित गर्छ सञ्जालमा र सतर्क गराउँछ यो यो तयारीमा रहनोस् भनेर । बाहिरफेर भाँडावर्तन या कुनै पनि हवाले उडाउने वस्तु नराख्नु होला । हुइँ्यय ! घर छ छैन थाहा छैन ।
आफू भएकोमात्र अनुभूत हुनुपर्छ । गहिरो आश्चर्य वातावरणीय प्रभावको । मौसमको केन्द्र त विश्वभरको एउटै हो-बंगालको खाडी । छदेखि सात घण्टाको सामयिक अन्तर । अर्को आश्चर्य नेपालमा हिउँदमा पानी पर्दैन जाडोमात्र हो, न्युजिल्याण्डमा यसै समयमा जाडो पनि उग्र ऋणात्मक अर्थात् माइनस कति कति । पानी भएको आकाश घोप्टिएजस्तो, बादल उस्तै राक्षसराज्यजस्तो, हुरी तुफानी झोक्का मानौँ संसार प्रलयको भुमरीमा खेलिरहेछ !
बर्खा पानी बेजोड नेपालमा, जाडो शून्य । उता पानी शून्य, गर्मी गर्मी अचाक्ली मानौँ मरूमय संसार । समयफेरको वातावरणमा आफूलाई सन्तुलित राख्न मुस्किलको मौसमसँग जुध्दै जीवनको मस्तीमा एकतमास हराउनु सिवाय अपरिचित मुलुकको बादलभित्र परिचित मुस्कान । तिनै परिचित मुस्कान तालुखुइले प्रज्वल चापागाईंसँग छुटिरहृयो, छुटिरहृयो । हामी सुट्ट सबैका आँखा भुलाएर हुरीमा, हुण्डरीमा, झरीमा भिज्दै, काँप्दै, लुग्लुगाउँदै बिस्तारै ढोका खोलेर बाहिरिन्थ्यौँ र ग्यारेजका पर्खालमा छेलिएर कहिले यहीँबाट ममार्फत पुगेका सर्का त कहिले उनले उतै किनेका अझ मिठासयुक्त चुरोटका सर्कामा जीवनका अनेकविध कहिले गम्भीर वातावरणसम्बन्धी त कहिले अति नै हल्का कुरामा समयका पनि सर्का गुजाथ्र्याैं । उनीसँग एउटा गुनासो थियो-पत्नी सृष्टिको भिसा लाग्न भएको ढिलाइ ।
छिर्के हान्ने स्वभाव, नेपाली संस्कार विदेशिएका नेपालीमा अझ तीव्रतर पाइँदोरहेछ । माथि गएकालाई तलकाले डाह गर्ने यतिले पनि मनोदशा शान्त नभएका खण्डमा तिनको हत्यासमेत गर्न उद्यत् भएका प्रशस्त उदाहरण अमेरिका होस् वा बेतायत, इजरायल होस् वा पोर्चुगल, अस्ट्रेलिया होस् वा न्युजिल्याण्ड सर्वत्र उस्तै छ ।
नेपालीको अजीव मनोविज्ञान त के छ भने त्यताको अर्थ विदेश जाने कोही पनि अपवादलाई छोडेर विपन्न छैनन् । प्रज्वलको कुरा गर्दा पनि उनी एक्लो छोरो । अथाह सम्पत्तिका मालिक झापाली । पत्नी सृष्टि पनि यताको जागिरे । तैपनि विदेश हानिनुको अर्थ ? सोख, नयाँ भूगोलप्रतिको आग्रह, केही हदसम्म अपरिचित ठाउँको अनुभव । विपरीत राजनीतिका वा पक्षको समय सकिएर विपक्षी बनेका पनि नेता भाटहरू चिच्याउँछन्-रोजगारीको अभावले युवा विदेशिए, सरकार मुर्दावाद ! तिनै सरकारमा पुगेपछि अर्कोको नारा उही ।
प्रज्वल सृष्टिजस्ता युवायुवतीलाई कुन रोजगारीको लालीपप दिएर स्वदेशमा राख्ने ? राष्ट्रि«यताका कडा नीतिनिर्धारण गरी तीन वा छ महिने भ्रमणभिसाबाहेकको विदेश छिर्ने बाटो नै बन्द गर्नुमात्र एउटा विकल्प हो । पत्नीको भिसा भएर उता जाने निश्चित भएपछि अझ सुविधाजनक ठाउँमा उनी सरे-मेरा लागि यसै पनि खल्लो समयको सिर्जना गरेर । मान्छे छुटेकोसँग मेरो गुनासो रहँदैन । नयाँ आगमनको उत्सुकता पनि हुँदैन तर स्वार्थान्धताका कारणले परिवेश यस्तो सिर्जित भयो । चुरोटबाट भएको गाढा मानवीय नाताले गर्दा म केही समय लगभग शून्यताभासमा पुगेँ ।
उनी हिँडेपछि अर्को कोठामा बस्ने झापाकै सबै उस्तै परिवेश, परिस्थिति र पर्यावरणका दम्पती निर्जल र युविना छेत्री । निर्जल आठ वर्ष आयरल्याण्ड बसेर विवाह गरेपछि न्युजिल्याण्ड छिरेका व्यक्ति । उनी पनि यताका अलोल्य धनी व्यक्ति आयरल्याण्डमा पढे, काम पनि गरे । न्युजिल्याण्डमा मेसिनवत् उनी पनि दुःखकै जाँतो घुमिरहेका किन ? पत्नी युविनाको त्यता बस्ने रहर पटक्कै छैन तर उनी छाड्न चाहँदैनन् । यसको पनि कुनै कारण छैन, आकर्षण छैन बरू त्यताभन्दा लाख गुना आनन्द छ यता उनीहरूलाई । तैपनि आउन चाहँदैनन् । यस मनोविज्ञानको वास्तविक अध्ययन नगरी यसलाई नै विषय बनाएर नारा ओकल्ने निकम्मा नेपाली नेता र सनातनको घण्टी बजाएर भ्यागुते स्वरमा चिच्याउने भारतीय भाजपा भजनमण्डली एउटै ड्याङका ठ्याक्कै उस्तै निकम्मा मुला हुन् ।
प्रज्वल हिँडे, मैले कुराकानी, गफगाफ गरी समय बिताउने निर्जलयुविनाको जोडी पनि अर्को डेरामा सर्ने परिस्थिति सिर्जना भएपछि म अर्को शून्यतामा पुगेँ । अब नेपाली नराख्ने निर्णयमा ज्वाइँछोरी पुगेपछि भने सम्पूर्ण विदेशमा रहेका नेपालीको अर्को नकारात्मक प्रतिनिधि पाटोको उज्यालो आनुभविक ढोका ममा खुल्यो । सबै नेपाली अन्यत्र सरेपछि विचार विनिमयको स्थायी माध्यम सकियो । अङ्ग्रेजी पढेकै बुझ्नेकै लागि पनि बुझ्न गाह्रो मुखले न्युजिल्याण्डियनहरू या पेटबाट बोल्छन्, या त घाँटीबाट । यसर्थ उच्चार्थ ध्वनिको अनुमान नै गर्न नसकिने ।
नेपाल गयो कपालसँगै भनेझैँ जुनसुकै देशमा रहे÷बसे पनि बानी बेहोरा उही र उस्तै । आफ्नै स्वभाव, आफ्नै संस्कृति, आफ्नै संस्कारप्रतिको वितृष्णा जरो गाडेर बस्ने । त्यहीँ रहेका छिमेकी मित्रराष्ट्र जनमानसमा आफू अग्लेपछि तल परेको अर्कोलाई उकासौँ, सहयोग गरौँ र उसलाई सामान्य मानवीय न्यूनतम रेखामा ल्याऊँ भन्ने बलवान् भावना विकसित भएको हुन्छ । आफ्ना देशका मित्रले आफ्नै देशका मित्रमित्राणी, साथीभाइ, वृद्घवृद्घाप्रति नकारात्मक दृष्टि राखेको पाइँदैन । पाईहाले पनि एकदम कम ।
छिर्के हान्ने स्वभाव, नेपाली संस्कार विदेशिएका नेपालीमा अझ तीव्रतर पाइँदोरहेछ । माथि गएकालाई तलकाले डाह गर्ने, इष्र्याका अंकुश तेस्र्याउने, यतिले पनि मनोदशा शान्त नभएका खण्डमा तिनको हत्यासमेत गर्न उद्यत् भएका प्रशस्त उदाहरण अमेरिका होस् वा बेतायत, इजरायल होस् वा पोर्चुगल, अस्ट्रेलिया होस् वा न्युजिल्याण्ड सर्वत्र उस्तै छ । अझ अरब देशहरूमा दुबई, साउदी अरेबियातिर यसको मात्रा अत्यधिक रहेका अनुभूत सत्य सर्वत्र देखिन्छन् । यो मनोवृत्ति चाहिँ विशेषगरी धनी र गरिबका बीच देखिन्छ ।
आर्थिक कमजोरी भएका मानिसहरूलाई सबललाई सबलको बिन्दुबाट मात्र हेर्छन् । ऊ यस बिन्दुमा कसरी आइपुग्यो ? कति दुःख ग¥यो ? हण्डरका पहाडहरू कति फोरेर उसको यो स्थिति निर्मित भएको छ भन्नेतिर नगएपछि यसै पनि आक्रोश छुट्छ । आक्रोश दवाउनका लागि अनेकौं झुठको सहारा लिनुपर्दा यसै पनि सम्बन्धमा चिसोपन देखिनु मानवीय कमजोरी सार्वकालिक विश्वमा नै छँदैछ-नेपालीमा ज्यादातर ।
यसैबीच सर्ने निधो भएको तर सरी नसकेका प्रज्वल चापागाईंको गाडीमा बेलुकीपख हुइँकियौँ एउटा सानो तर अग्लो टापुमा । यस टापुबाट नेपियरको सम्पूर्ण शहरीक्षेत्र देखिन्छ छर्लंग । घनाच्छादित प्राकृतिक सौन्दर्यको मनमोहक दृश्यको भरपूर खुराक टिपेर मनभरि हेररहृयौँ आँखाभरि सोचिरहृयौँ । हुरीले बेजोड हिर्काइरहृयो तैपनि हामी अटेर पहाडजस्तै भएर बसिरहृयौँ सुगरलोफमा ।
गत हप्ताको अंकबाट क्रमागतः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच