भारतमा डुंगा पल्टिँदा १२ जनाको मृत्यु

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । पश्चिम भारतको गुजरात राज्यको एउटा तालमा जोयराइडका लागि गएको डुङ्गा पल्टिँदा एक निजी विद्यालयका बालबालिका र शिक्षकसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

तालबाट १५ जनालाई उद्धार गरी अस्पताल लगिएको छ । गुजरातको राजधानी गान्धीनगरबाट १२७ किलोमिटर दक्षिणपूर्वमा रहेको वडोदराको हरानी मोतनाथ तालमा डुङ्गा पल्टिएको हो । अधिकारीहरूले खोजलाई तिब्र बनाउन राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरूलाई पनि तैनाथ गरेका छन् ।

विद्यालयले विद्यार्थीका लागि पिकनिकको आयोजना गरेको अधिकारीहरुले बताएका छन् । डुङ्गाले आफ्नो क्षमताभन्दा धेरै मानिसहरू बोकेको र तिनीहरूमध्ये कसैले पनि लाइफ ज्याकेट नलगाएको खुलेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?