काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
बुधवार दिउँसो करिव ३ बजे भवनबाट आगलागी भएको थियो । आगो राति ९ बजे मात्रै निभाइएकाे थियाे । घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको बताइएको छ ।
छ तले व्यावसायिक र आवासीय इँटा–कंक्रिट संरचनाको तहखानेबाट आगलागी शुरु भएको हो । बेसमेन्ट भित्र रहेको शीतभण्डारको मर्मतका लागि कामदारले गैरकानूनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सो घटनाको अनुसन्धानका क्रममा सार्वजनिक सुरक्षा अधिकारीहरूले १२ व्यक्तिलाई हिरासतमा राखेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच